सांसदहरुको तलब भत्ताको कारोबार अब राष्ट्रिय वाणिज्य बैंक मार्फत

Aug 01, 2021 02:34 PM Merolagani

संसद सचिवालयको सम्पूर्ण कारोबार अब पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ। यसअघि निजी बैंक मार्फत हुँदै आएको कारोबार अब सरकारी बैंकबाट हुने भएको हो।

अब सांसदहरुले आफ्नो तलब भत्ता पनि राष्ट्रिय वाणिज्य बैंकमार्फत नै पाउने भएका छन् । अर्थ मन्त्रालयले हालै सिंहदरबारस्थित सबै कार्यालयको सरकारी खाताहरुको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको हो।

यसअघि सरकारी खाताहरु एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो। सांसदहरुले पनि सरकारी कारोबारहरु निजी बैंकबाट भइरहेको भन्दै सरकारी बैंकबाटै कारोबार हुनुपर्ने आवाज उठाउदै आएका थिए।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।