युनियन लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

Aug 01, 2021 02:43 PM Merolagani

युनियन लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। आइतबार कम्पनीको २ करोड १५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६५ लाख ५० हजार कित्ता र संस्थापकहरुको १ करोड ५० लाख ५० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि नेप्सेले ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। त्यस अनुसार सोमबार देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

कम्पनीको शेयरलाई युएलआई (ULI) कारोबार संकेत प्रदान गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।