ट्रेडिङ्ग बर्नआउटबाट बच्ने ७ उपायहरु

Sep 07, 2021 06:09 PM Merolagani

बाहिर मान्छेहरुले हेर्दा अनलाइन ट्रेडिङ्ग सजिलो काम हो।

उनीहरुका लागि सबै ट्रेडरहरु कम्प्यूटर अगाडि बस्छन्,केही समाचार पढेँ,केही लाइन चार्टहरु बनाउछन् र जादूसरी पैसा आउँछ।

तर, प्रत्येक ट्रेडरले भन्छन् कि यस्तो हुँदैन।

ट्रेडरले प्रत्येकचोटी प्लेटफर्म खोल्दा, उसलाई थाहा हुन्छ कि ऊ विभिन्न प्रकारका तनावका अवस्थाको सामना गर्न जाँदैछ भन्ने। यसले हामीलाई ‘मेन्टल बर्नआउट’ गर्ने अवस्था सिर्जना गर्छ अथवा ओभरवर्क र तनावका कारण हाम्रो दिमाग आउट हुन सक्छ।

धेरै कुराहरुले मेन्टल बर्नआउट हुन सक्छ जस्तै ओभरट्रेडिङ्ग, बजारको चरम अवस्था, अस्वभाविक अपेक्षा र अवश्य पनि घाटा।

मेन्टल बर्नआउटको बारेमा तपाईले बुझ्नु पर्ने पहिलो कुरा भनेको यो कुनै एक घटनाले मात्र ट्रिगर हुँदैन। यो लामो समयावधिमा घट्ने क्रमिक प्रक्रिया हो।

बर्नआउट पनि धेरै फराकिलो छ किनकी यसले तपाईको जीवनको एक भागलाई मात्र असर गर्दैन। यसले तपाईको स्कुलमा, काममा, तपाईको सम्बन्धमा प्रभाव पार्न सक्नछ र कहिलेकाही शारीरिक रुपमा बर्नआउटले असर गर्न सक्छ।

यसबाट बच्ने केही उपायहरु यहाँ प्रस्तुत गरिएको छः

१) प्रारम्भिक सावधानीका संकेतमा ध्यान दिनुहोस्

बर्नआउटले बिना कुनै जानकारी तपाईमाथि हाबी हुन सक्छ, त्यसैले प्रारम्भिक सावधानीका संकेतहरुमा ध्यान दिनु अति आवश्यक छ।

तपाई बर्न आउट हुन लाग्न भएको हो? अथवा बर्नआउट भइरहनु भएको छ भन्ने थाहा पाउन निम्न प्रश्नहरु सोध्न सक्नुहुन्छ। जति धेरै तपाईको जवाफ ‘हो’ हुन्छ, तपाई बर्नआउट अनुभव गर्ने सम्भावना बढी रहेको छ।

  • आफ्नो ट्रेडिङ्ग प्लानलाई किन वास्ता गर्ने भन्ने प्रश्न गर्न थाल्नु भएको छ?
  • राम्रो खानपिन र स्वस्थ्य बानीहरु भएपनि, तपाई माइग्रेन, मांसपेसी दुख्ने र बिरामी भइराख्नु भएको छ?
  • आफुमाथि नै शंका लागेको महसुस गर्नु भएको छ?
  • आफुलाई असाहय, बन्धक भएको र प्रोत्साहित नभएको महसुस गरिरहनु भएको छ?
  • घाटामा भएको ट्रेडमा कुनै आशा छैन भन्ने थाहा भएपनि त्यसलाई होल्ड गरिरहनु भएको छ?
  • तपाई सामान्य अवस्थाभन्दा धेरै खाने, औषधि सेवन गर्न, रक्सी सेवन गर्न थाल्नु भएको छ?
  • के तपाई साना भन्दा साना कुराहरुमा पनि रिसाउने हुनु भएको छ?

२) पहिलो पल्ट ट्रेड गर्दाको अनुभव सम्झनुहोस्

के तपाइले पहिलो पल्ट आधारभूत र प्राविधिक विश्लेषणले के अर्थ लाग्छ भन्ने बुझ्नु भएको समय सम्झनुभएको छ?

पहिलो ट्रेड गर्दा आफुलाई अस्थिर भएजस्तो महसुस गर्नु भएको थियो?

आफ्नो ट्रेडको उत्साहलाई नविकरण गर्दा पहिलो ट्रेड गर्दाको जोश जाँगरलाई प्रयोग गर्नुहोस्।

यस तरिकाले, तपाई तनावपूर्णलाई भन्दा सकारात्मक पक्षहरुमा अधिक ध्यान दिन सक्षम हुनुहुनेछ।

३) ट्रेडिङ्ग साथी खोज्नुहोस्

भनिन्छ, ‘दुःखले साथ मन पराउछ’ र प्राय समयमा त्यस्तो व्यक्तिको साथ उत्तम हुन्छ जसलाई तपाई के गर्दै हुनुहुन्छ भन्ने थाहा हुन्छ।

तर, हात समातेर बजारलाई सराप्दै बस्नुको सट्टा, ट्रेडिङ्ग विचारलाई आफ्नो साथीसँग शेयर गर्नुहोस्।

तपाईको सामान्य गल्ती पत्ता लगाउन र त्यसलाई सुधार्न सक्षम हुनसक्छ, र यसले तपाईलाई यी समस्याहरुका कारण हुने तनावबाट बच्न मद्दत गर्न अनुमति दिन्छ।

४) आफुलाई पुलपुल्याउनुहोस्

हामी सबैसँग आराम गर्ने आफ्ना तरिका छन्, चाहे त्यो किनारमा छुट्टी मनाएर होस् अथवा केही समय खेल खेलेर होस्, आफुलाई कुन कुराले काम गर्छ, त्यो थाहा पाउनु जरुरी छ।

जति तपाई ट्रेड गर्न रुचाउनु हुन्छ, सुनिश्चित गर्नुहोस् कि तपाई अन्य केही कार्य पनि गर्नुहुन्छ जसले तपाईलाई नियमित रुपमा आनन्द दिन्छ ताकि तपाई खतरनाक बर्नआउटबाट बच्न सकोस्।

५) सरल तरिकाले लिनुहोस्

जब ट्रेडिङ्ग गर्दा सामान्य अवस्थाभन्दा बढी तनाव महसुस गर्नुहुन्छ, र यदि तपाई आफैलाई धेरै ट्रेड गर्न र धेरै मेहेनत गर्न कर गर्नुहुन्छ भने तपाईले कुराहरुलाई नराम्रो बनाउने जोखिम बढ्न थाल्छ।

आराम गर्न केही समय लिँदा, त्यसले तपाईको मस्तिष्कलाई खाली गर्दछ र त्यसपछि तपाईलाई ध्यान केन्द्रित गर्न सजिलो बनाउनेछ।

६) मद्दत माग्नुहोस्

धेरै त होइन, तर आफैले बर्नआउटलाई जित्न प्रयास गर्दा त्यसको परिणाम स्वरुप आफैलाई दोहोरो दबाब महसुस गर्नुहुनेछ।

यस्तो अवस्थामा, कुनै साथीसँग अथवा मानसिक काउन्सलरसँग सल्लाह गर्दा केही बिग्रिदैन।

हुनसक्छ, बर्नआउटको कारण ट्रेडिङ्ग नभइ अरु नै हो कि? र यदि कारण अर्को हो भने यसले तपाईलाई त्यस समस्याको पहिचान गरी त्यसबाट टाढा रहन मद्दत गर्दछ।

७) नियन्त्रणमा लिनुहोस्

बर्नआउटका मूख्य कारणहरुमध्ये एक हो परिस्थितिमाथि महसुस गरिएको घाटाको नियन्त्रण, जसले ट्रेडरलाई बजारको गतिशिल प्रवृत्तिबाट दुःख दिन्छ।

ट्रेडिङ्ग गर्दा जब तपाईले यस प्रकारको तनावको महसुस गर्नुहुन्छ, सामान्य लक्ष्य निर्धारण गरी नियन्त्रणलाई पुनः प्राप्त गर्न सक्नुहुन्छ।

यो समयलाई बुद्धिमानी पूर्वक व्यवस्थापन गर्ने, ट्रेडिङ्ग जर्नललाई नियमित अध्यावधिक गर्ने अथवा ट्रेडिङ्ग प्लान विकास गर्ने र त्यसमा अडिग रहने हुनसक्छ।

तपाईको अवस्था कस्तो छ? तपाइले यसअघि ट्रेडिङ्ग बर्नआउट अनुभव गर्नुभएको छ? त्यस्तो अवस्थाबाट माथि आउन तपाईले के गर्नुभयो?

(बेबीपिप्स डटकमबाट अनुवादित)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।