लगानीकाे नयाँ तरिका सिकाउने 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे पुस्तक सारंश

Sep 15, 2021 06:22 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले राेबर्ट किओसाकीद्वारा लिखित पुस्तक 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। यस साता साे पुस्तककाे सारंशकाे दाेस्राे भाग प्रस्तुत गर्दैछाैँ।

हरेक सफल उद्यमीले कुरा गर्न र बिक्री गर्न सक्छ।

पूँजी उठाउनु, विज्ञापन गर्नु, मोलभाउ गर्नु, आफ्नो समूहलाई प्रोत्साहन गर्नु र बिक्री गर्नु–व्यवसायी जीवनका यी सबै पक्षहरुमा हुने साझा कुरा के हो?

सफलताको लागि यो सबै अति आवश्यक छ र यी सबैको लागि कुरा गर्ने कुशलताको आवश्यकता छ। त्यसोभए तपाई कसरी एक राम्रो सञ्चारकर्ता बन्न सक्नुहुन्छ?

सेल्स ट्रेनिङ्ग कार्यक्रममा समय लगानी गर्नु प्रमाणित दृष्टिकोण हो।

यसको लागि सबैभन्दा राम्रो स्थान भनेको नेटवर्क मार्केटिङ्ग संस्थाहरु हुन्, जहाँ अक्सर उत्कृष्ट कार्यक्रमहरु हुन्छन्। कुनै एक संस्थामा आबद्ध हुनु र ५ वर्षसम्म निरन्तर कार्य गर्नुले जादू जस्तै कार्य गर्न सक्छ। लजालु, असफलतादेखि डराउने व्यक्तिहरु दुई सिप भएको सेल्सपर्सन भएर निस्किन सक्छन्ः कुनै पनि प्रडक्टको महत्वको बारेमा बुझाउन सक्ने क्षमता र नकारात्मक उत्तरसँग निडरता।

यी दुई गुणाहरुमा मास्टर गर्नुहोस् र तपाई शक्तिशाली सञ्चारकर्ता बन्न सक्नुहुन्छ। यी गुणहरु तपाई आफ्नो उत्पादन अथवा सेवा बिक्री गर्ने बेला मात्रै चम्किने होइन, लगानीकर्तासँग सम्झौता गर्दा, राम्रो कुरामा मोलभाउ गर्दा अथवा आफ्नो टिमलाई उठाउनका लागि पनि चम्किन्छ।

उत्कृष्ट सञ्चारकर्ता बन्ने विषयमा तपाई गम्भिर हुनुहुन्छ भने, शब्दको बारेमा मात्र नसोच्नुहोस्, हेर्दा पनि राम्रो देखिनु उत्तिकै जरुरी छ।

पब्लिक स्पिकरहरुको एक अध्ययनमा उनीहरुको शारिरीक हाउभाउले ५५ प्रतिशत, बोल्ने तरिकाले ३५ प्रतिशत र शब्दले केबल १० प्रतिशत मात्र प्रभाव पार्ने देखिएको छ।

यदि तपाई आफुले जानेका शीर्ष व्यवसायीहरुको बारेमा सोच्नुहुन्छ भने, उनीहरु सबै उस्तै देखिन्छन्, हैन र? र यो लामो समयसम्म चलिरहन्छ।

लेखकका एक बैंकिङ्ग साथीले एकपटक बताएका थिए कि उनको बैंकले हेर्दा राम्रो देखिएकै कारण एक नयाँ अध्यक्ष ल्याए। नवनियुक्त बैंकका अध्यक्ष देखिनुपर्ने जस्तै देखिन्छन् र त्यस्तै तरिकाले बोल्छन्। बोर्डले बैंक चलाउछन् तर अध्यक्षको बाहिरी आवरणले नयाँ ग्राहक आकर्षित गर्छ।

राम्रो देखिनु र राम्रोसँग बोल्दा धेरै फाइदा हुन्छ। आफ्नो वित्तीय साक्षरता सुधार्नुजस्तै, यो पनि गरिनुपर्ने लगानी हो।

एकपटक तपाईले व्यवसायमा दक्षता हासिल गरिसकेपछि, तपाई एक परिष्कृत लगानीकर्ता बन्न सक्नुहुन्छ।

तपाई अब व्यवसाय शुरु गरिसक्नु भयो, र त्यो राम्रो चलिरहेको छ। अब आम्दानी र आफुले सञ्चय गर्नु भएको अनुभवलाई प्रयोग गर्ने र कुराहरुलाई अर्को स्तरमा लैजाने समय भएको छ। अब समय भएको छ एक परिष्कृत लगानीकर्ता बन्ने।

परिष्कृत लगानीकर्ताको रुपमा, तपाईले व्यवस्थापन, कर्पोरेट ढाँचा, लगानीका निर्णय र करहरुमा धेरै नियन्त्रण प्राप्त गर्न सक्नुहुन्छ। नतिजा? अत्याधिक प्रतिफल।

दुई मेहेनती अमेरिकी बिल र जेनको स्वामित्वमा रहेको रेष्टुराँलाई हेरौँ। उनीहरु एकमात्र स्वामित्वको रुपमा कार्य गर्छन् जसको अर्थ उनीहरुसँग एक मात्र आम्दानीको श्रोत छ। उनीहरु सामान्य व्यक्तिगत आम्दानी कर तिर्छन् र केही नराम्रो जस्तै कुनै बिरामी ग्राहकले मुद्दा दायर गरेमा उनीहरु आफै जिम्मेवार हुन्छन्। उनीहरुको सबै अण्डा एउटै बास्केटमा छ।

बिल र जेनलाई कुनै अनादर छैन, तर एक परिष्कृत लगानीकर्तालाई राम्रोसँग थाहा हुन्छ। उनीहरुले दुई कर्पोरेशन बनाउन सक्थेः बिल रेष्टुराँको मालिक बन्न सक्थे र जेन भवनको स्वामित्व लिन सक्थे। यस तरिकाले जोखिम बाँडिन्थ्यो।

यदि कोही व्यवसाय बिरामी भयो र रेष्टुराँलाई मुद्दा दायर गर्यो भने, रियल स्टेट कानूनी रुपमा अलगिन्छ र बच्छ। त्यही समयमा, कर्पोरेट ढाँचा अन्तर्गत, स्वास्थ्य बीमा र कानूनी शुल्कजस्ता खर्चहरु व्यवसाय खर्च शीर्षक अन्तर्गत पर्दछ र कर तिर्नुभन्दा अघि तिरिन्छ। कर आफैमा कम, कर्पोरेट दरमा तिर्नुपर्ने हुन्छ, कम जोखिम, कम कर र धेरै वित्तीय प्रतिफल।

तपाई एक परिष्कृत लगानीकर्ताको रुपमा जे जति लगानी गर्नुहुन्छ, पैसालाई कसरी आफ्नो लागि कार्य गराउने भन्ने थाहा हुन्छ।

एक औषत व्यक्तिको रिटायरमेन्ट योजनामा ४०१के प्लानमा वार्षिक १५ हजार डलर राख्ने र ८ प्रतिशत प्रतिफलको आशा राख्नु हुन्छ।

एक परिष्कृत लगानीकर्ताले रियल स्टेट, केही स्टक र शेयर र बिजनेस भेञ्चरमा लगानी गर्ने सम्भावना बढी हुन्छ। व्यवसाय निर्माण गर्दा प्राप्त भएको अनुभव र वित्तीय शिक्षा र साक्षरतामा लगानी गरी त्यस व्यक्तिले उत्कृष्ट मौकाको पहिचान गर्दै, कुन वास्तवमै जोखिमपूर्ण छ र कुन छैन भन्ने पत्ता लगाइ धनीहरुको लगानीमा लगानी गर्ने निर्णय गर्न सक्छ।

एक औषत दृष्टिकोषले तपाई आफ्नो पैसाको लागि कार्य गर्नुहुन्छ भन्ने देख्नुहुन्छ। अर्को दृष्टिकोणले तपाई पैसाले तपाईको लागि कसरी काम गर्छ भन्ने देख्नुहुन्छ। औषत व्यक्ति नबन्नुहोस्।

अन्तिम सारंश

यस पुस्तकको सारंशको प्रमुख सन्देश

यदि तपाई धनी बन्न चाहनुहुन्छ भने, तपाईले धनी लगानीकर्ताजस्तै सोच्न र कार्य गर्नुपर्छ। त्यसको अर्थ व्यवसाय निर्माण र सम्पत्तीको लगानीमा केन्द्रित हुनुपर्दछ, जागिर र बचतमा हैन। त्यसो गर्दा, तपाई एक लगानी पोर्टफोलियो निर्माण र नियन्त्रण गर्न सक्नुहुन्छ जसले आम्दानी गर्न र सम्पत्ती वृद्धि गर्न सकिन्छ।

कार्ययोग्य सल्लाहः

तपाई सुरक्षित, आरामदायी वा धनीमध्ये के बन्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुहोस्।

सुरक्षित, आरामदायी अथवा धनी, के भन्न चाहनुहुन्छ? आफ्नो प्राथमिकताबारे स्पष्ट हुनुहोस्। एकभन्दा अर्को राम्रो होइन, तर त्यसले विभिन्न छनोट र नतिजाको प्रतिनिधित्व गर्छ। आफ्नो पार्टनर अथवा परिवारसँग सल्लाह गर्नुहोस् र फाइदा तथा बेफाइदाहरु पत्ता लगाउनुहोस्। धनी बन्नका लागि गरिने एक निर्णयले तपाईलाई आवश्यक मनस्थिती प्रदान गर्छ। तपाईले आफुलाई ‘म त्यो आँट्न सक्दिन’ बाट ‘कसरी आँट्न सक्छु?’ मा परिवर्तन भएको देख्नसक्नुहुन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।