एचआईडिसीएलको साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्रीमा

Sep 16, 2021 08:42 AM Merolagani

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात एचआईडिसीएल (HIDCL) ले साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६४ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि जो कोही इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। सो शेयरमा असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहको शेयरमा लगानीकर्ताले न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारण तर्फको शेयरमा न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।