द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार यी चिनीयाँ ब्राण्डहरुले राम्रा प्रतिक्रिया जनाउने ग्राहकहरुलाई एमेजनको उपहार कार्ड दिइरहेको थियो । प्रतिबन्धित कम्पनीमध्ये अकी, एमपव, र्याभ पावर, भाभा, टावट्रोनिक्स र कोटेक आदी रहेका छन् ।
एमेजन एशियाका ग्लोबल सेलिंगका उपाध्यक्ष क्याण्डी तईका अनुसार हरेक सामानमा आएका प्रतिक्रिया महत्वपुर्ण हुन्छ र यसरी गलत प्रतिक्रिया लिएर ग्राहकहरुलाई अँध्याराेमा राख्नु गलत हुनेछ । एमेजनले यसलाई पटक्कै सहने छैन । निती विरुद्ध जाने कम्पनीमाथि प्रतिबन्ध लगाइनेछ र आवश्यक परेमा कानुनी कारवाही पनि गरिनेछ ।
एमेजनका अनुसार यो कदम चीनकालागि मात्र नभएर विश्वकालागि हुनेछ ।