विस्तारै बढ्न थाल्यो बैंकहरुमा निक्षेप संकलन, एक सातामा २६ अर्बले बढ्यो निक्षेप

Sep 21, 2021 05:15 PM Merolagani

वाणिज्य बकैंहरुमा विस्तारै निक्षेप संकलनको दर बढ्न थालेको देखिएको छ। चालु आर्थिक वर्ष लागेदेखि नै खासै बढ्न नसकेको निक्षेप संकलन भदौपछि विस्तारै बढ्न थालेको देखिएको छ।

नेपाल बैंकर्स एशोशियसनको तथ्याँक अनुसार गत साता बैंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। भदौ पहिलो साता ७ अर्बले घटेको निक्षेप संकलन दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको थियो। तेस्रो साता ४ अर्ब बढेको थियो भने चौथो साता १६ अर्ब रुपैयाँले बढेको थियो। अन्तिम साता भने २६ अर्ब रुपैयाँले बढेको छ।

निक्षेप संकलन मात्रै होइन कर्जा लगानी पनि बढ्दो क्रममा देखिन्छ। भदौ अन्तिम सातामात्रै बैंकहरुले २८ अर्ब कर्जा लगानी गरेका छन्। अघिल्लो साता कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो।

तथ्याँक अनुसार भदौ ३१ गतेसम्ममा बैंकहरुले ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।