भदौ महिनामा कुन बैंकले कति बढाए व्यवसाय?

Sep 21, 2021 06:16 PM Merolagani

भदौ महिनामा बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानी बढी गरेका छन्। बैंकहरुले भदैामा बैंकहरुले निक्षेप संकलन ४८ अर्ब रुपैयाँले बढाएका छन् भने कर्जा लगानी १०८ अर्ब रुपैयाँले बढाएका छन्।

वाणिज्य बैंकहरुमध्ये भदौ महिनामा नेपाल बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १२ अर्ब ५६ करोड रुपैयाँले बढेको छ भने एनआइसि एशिया बैंकको पनि १२ अर्ब १ करोड रुपैयाँले बढेको छ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन सबैभन्दा धेरै ५ अर्ब रुपैयाँले घटेको छ भने नेपाल बंगलादेश बैंकको पनि ४ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी भदौ महिनामा कर्जा लगानीमा भने एनआइसि एशिया बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले भदौ एक महिनामा ९ अर्ब ११ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ भने ग्लोबल आइएमई बैंकले पनि ९ अर्ब ५ करोड रुपैयाँले बर्जा लगानी बढाएको छ।

प्रभु बैंकको भने भदौ महिनामा कर्जा लगानी ३४ करोड रुपैयाँले घटेको छ।

  • भदौमा कुन बैंकको व्यवसाय कस्तो हेर्नुहोसः

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।