विकास बैंकको निक्षेप २.४८ अर्बले बढ्दा कर्जा ५.३९ अर्बले कर्जा बढ्यो

Sep 22, 2021 12:00 PM MeroLagani

राष्ट्रियस्तरका विकास बैंकहरुले गत हप्ता २ अर्ब ४८ करोडले निक्षेप वृद्धि भएको छ । गत हप्ता ४ सय १७ अर्ब ३६ करोड रुपियाँ निक्षेप रहेकोमा असोज १ गतेसम्ममा निक्षेप वृद्धि भएर ४ सय १९ अर्ब ८४ करोड रुपियाँ पुगेको छ ।

विकास बैंकको ऋण भने ५ अर्ब ३९ करोड रुपियाँले बढेको छ । गत भदौ २६ मा ३ सय ६८ अर्ब ८० करोड रुपियाँ रहेको विकास बैंकको ऋण असोज १ गतेसम्म पुग्दा ३ सय ७४ अर्ब १९ करोड रुपियाँ पुगेको छ । साताभरिमा निक्षेपको वृद्धिदर ०.५९ प्रतिशत रहेको छ भने ऋणको वृद्धिदर भने १.४६ प्रतिशतले बढेको छ ।

क्षेत्रीय विकास बैंकहरुको निक्षेप भने गत साता न्यून रुपमा घटेको छ । गत साता ३१ अर्ब ९७ करोड ७७ लाख रुपियाँ रहेको निक्षेप असोज १ गतेसम्म पुग्दा घटेर ३१ अर्ब ९७ करोड ६९ लाख रुपियाँ पुगेको छ । क्षेत्रीय विकास बैंकको ऋण भने १२ करोड ६६ लाख रुपियाँले बढेको छ । अघिल्लो साता २८ अर्ब ८ करोड रुपियाँ रहेको ऋण असोज १ गतेसम्म बढेर २८ अर्ब २० करोड रुपियाँ पुगेको छ ।

समग्रमा १५ विकास बैंकहरुको निक्षेप एक सातामा २ अर्ब ४८ करोड रुपियाँले बढेको छ । गत साता ४ सय ४९ अर्ब ३३ करोड रुपियाँ रहेको निक्षेप बढेर असोज १ गतेसम्ममा ४ सय ५१ अर्ब ८१ करोड रुपियाँ पुगेको छ । एक सातामा समग्र विकास बैंकहरुको ऋण भने ५ अर्ब ५१ करोड ८० लाख रुपियाँले बढेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।