नविल ब्यालेन्सड् फण्ड–३ को इकाई बिहीबार बाँडफाँट हुने

Sep 22, 2021 01:12 PM Merolagani

नविल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नविल ब्यालेन्सड् फण्ड–३ को इकाई बिहीबार बाँडफाँट हुने भएको छ । 

नविल इन्भेष्टमेन्ट बैकिंङ्ग लिमिटेडमा भोलि विहान ९ः३० बजे इकाई बाँडफाँट हुने भएको हो ।

नविल इन्भेष्टमेन्ट बैंकिङ्गले भदौ २५ गते देखि २९ गतेसम्म प्रति इकाई १० रुपैयाँको दरमा बिक्रीमा ल्याएको १० करोड इकाई निष्काशनमा ल्याएको थियो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई, १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न ल्याएको थियो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।