नेपालमा २०२१ सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्दै किया

Sep 22, 2021 01:58 PM Merolagani

कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटो निर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने भएको हो ।

कोरियाली अटो निर्माता कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई निकै दमदार तरिकाले लागू गरेको छ । २०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन्छ ।

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ, जुन तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ । नयाँ सोरेन्टोमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ । नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ । सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ । गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ ।

 

सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम छन् । नयाँ सोरेन्टो हाइब्रिडमा असाधारण ड्राइभ मोडहरु छन् जसलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ ।

२०२१ किया सोरेन्टोमा इन्जिन र हाइब्रिड प्रविधि मात्र छैन यसको बाहिरी आवरण ज्यादै चित्ताकर्षक छ । इन्टेरियर उस्तै मोहक छ । अघिल्लो भागमा मानक नै मान्न सकिने फराकिलो र बृहत् ग्रिलसँग एलइडी लाइटको संयोजन छ ।

सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता छन् ।

१२.३ इन्चको अल–डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र त्रुटिरहित एवं पढ्न सजिलो डिस्प्लेले किया सोरेन्टोको स्क्रिनलाई अझ उन्नत बनाएको छ । ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजीले इन्स्ट्रूमेन्ट क्लस्टरमा लेन एडजस्टमेन्टको प्रत्यक्ष भिडियो दृश्य देखाउँछ । मोडिने सिग्नल बाल्दा यो एक्टिभेट हुन्छ । नाप्पा लेदरमा चम्किएको इन्टेरियरले यसलाई सेग्मेन्टकै प्रिमियम इन्टेरियरमध्येको एक बनाएको छ । मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट, २०२१ सोरेन्टोलाई लक्जरियस एसयुभी बनाउने केही फिचर्स हुन् ।

ठूलो र भीमकाय बडी साइज, आक्रामक तथा संयमित देखिने अग्रभाग, बिफिएर १९ इन्चको अलोय ह्विल, डुअल एलइडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ र सार्पर बडी लाइन्स जस्ता विशेषताले सबै ठूला एसयुभी जस्तै अल न्यू सोरेन्टो पनि भीडमा शानदार रुपमा प्रस्तुत हुन्छ । २८१० एमएमको ह्विलबेसका कारण गाडी भित्रका यात्रु आरामपूर्वक यात्रा गर्न सक्छन् । 

नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।