विचौलियालाई पोस्न आफ्नै सवारी प्रयोग गरेर ट्रायल दिन पाइने व्यवस्था खारेज

Sep 22, 2021 02:35 PM merolagani

युवराज बस्नेत

यातायात विचौलियालाई फाइदा पुग्ने गरी यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी अनुमति पत्रको लागि ट्रायल परिक्षा दिन पाइने व्यवस्था खारेज गरेको छ ।

चौतर्फी विचौलियाले दबाव दिएपछि सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकालाई संसोधन गर्दै विभागले ट्रायल सेन्टरकै बाइक तथा स्कुटर प्रयोग गर्नुपर्ने बाध्यता कायम राखेको हो ।

’प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले सवारी साधन व्यवस्था गर्न सक्नेछन्,’ यस अघि निर्देशिका जारी गर्दै भनिएको थियो ।

तर,अहिले यातायात विचौलियालाई फाइदा पुग्ने गरी यातायात विभागले निर्देशिका संसोधन गरेको छ । यातायात कार्यालयहरुले तोकेको ट्रायल सेन्टरमा सेवाग्राहीबाट त्यहाँका सवारीसाधन प्रयोग गरेबापत २०० र ५०० तिनुपर्छ ।

त्यसैगरी अधिकाश सेवाग्राही ट्रायल दिनुभन्दा अघि सोही ठाउँमा आधा घन्टाको ५०० तिरेर ट्रायल प्राक्टिस गर्ने गर्छन । यदि विभागले आफ्नै सवारीसाधन प्रयोग गर्ने व्यवस्था लागू गरेको भए  त्याे पाँच सय रूपैया तिर्नु पर्ने थिएन । त्यसैले विचौलियाको रोजिरोटी नै गुम्ने भएपछि विचौलियालाई पोस्न यस्तो निर्णय गरिएकाे सेवाग्राहीले अाराेप लगाएका छन् ।

यातायात कार्यालय तथा ट्रायल सेन्टरमा दिइएको सवारी कन्डिसनको नहुने र ट्रायल दिने क्रममा समस्या आएर फेल हुने गरेको गुनासो सेवाग्राहीको थियो । उक्त व्यवस्था आएपछि परिक्षार्थीमा उत्साह र खुसी छाएको थियो । तर,अहिले यातायात कार्यालय तथा विचौलियाको चौतर्फी दबावपछि यो व्यवस्थालाई संसोधन गर्दै हटाएको छ ।

यातायात विभागका प्रवक्ता लोकनाथ भुसालले प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले सवारी साधन व्यवस्था हटेको बिषयलाई नकारात्मक रुपमा लिन नहुने बताए ।

‘हामीले तीन बिषयलाई हेरेर यो व्यवस्थालाई संशोधन गरेका हौं’ भुसालले भने ‘ सवारीसाधन चलाएर ट्रायल दिन आउने सेवाग्राहीसँग लाइसेन्स नहुने र लाइसेन्स नहुने व्यक्तिले सवारीसाधन चलाउन नपाउने व्यवस्था भएकाले कानुन बमोजिम यो प्रक्रिया रोकेका हौं’ ।

उनका अनुसार ट्रायल सेन्टरमा दैनिक ५०० देखि हजारओटा सम्म परिक्षा हुने र आफ्नै सवारी ल्याउने सबै सेवाग्राहीको सवारीसाधन व्यवस्थापनमा कठिन हुने देखिएको छ । केही बर्ष अघिनै सर्वोच्च अदालतबाट यातायात कार्यालकै सवारीसाधनले प्रयोगात्मक परिक्षा दिनुपर्ने आदेश आएको बुझिएकाले निर्देशिका संसोधन गर्नुपरेको उनको भनाई छ ।

कोरोनामा बन्द भएको प्रयोगात्मक परिक्षा गत महिनाबाटै लागू गर्ने बताएपनि विभागले पुरानै सिस्टममा आवेदन दिएका सेवाग्राहीलाई ध्यानमा राख्दै हालसम्म ट्रायल परिक्षामा अंक प्रणाली लागू गरिसकेको छैन ।

नयाँ व्यवस्थामा ७० अंक ल्याए ट्रायल परिक्षा पास हुने प्रावधान ल्याएको छ । आफ्नै सवारीसाधन प्रयोग गरेर ट्रायल परिक्षा दिएको खण्डमा अधिकांश पास हुने आँकलनले यो व्यवस्था राखेको थियो ।

निर्देशिका संसोधन भएर आएपछि विभागले मोटरसाइकल र स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२०० मिलिमिटरको ह्विल बेस भएको, म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रो पक्ष बीमा अद्यावधिक भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

चारपाँग्रे कार र जिपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३०० मिलिमिटर ह्विल बेस भएको, लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बिमा अद्यावधिक भएको प्रावधान राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।