१०० अंक भन्दा धेरैले बढेर नेप्से २८०० विन्दु माथि, १४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

Sep 22, 2021 03:30 PM Merolagani

बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ। कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको हो।

बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ। भने सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेको छ।

यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ। मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब हाराहारीमा झरेको छ। यस दिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिदबिक्री भएको छ।

बुधबार दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने केहि म्युचुअल फण्ड र ऋणपत्रको मात्रै मूल्य केहि घटेको छ।

यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमा बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन्।

बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसि लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख, अपि पावरको १३ करोड २ लाख र महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएकमा छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ७.७४ प्रतिशतले बढेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।