२४ घण्टामा थप १,४७८ जनामा कोभिड १९ पुष्टि, ६ जनाले ज्यान गुमाए

Sep 22, 2021 04:56 PM Merolagani

पछिल्लो २४ घण्टामा थप एक हजार ४७८ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार ११ हजार ६७ पीसीआर परीक्षणबाट एक हजार २५१ जनामा र दुई हजार ८६३ एन्टिजेन परीक्षणबाट २२७ जनामा संक्रमण देखिएको हो ।

बुधबार नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा ६ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ६३० जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३५५ जना, ललितपुरका १५१ जना र भक्तपुरका ५८ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।