पोलभाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्दै कुलमान, आन्दोलनको तयारी गर्दै सेवाप्रदायक

Sep 23, 2021 11:51 AM merolagani

नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरे वापतको बढेको पोलभाडा सम्झौता नगर्ने इन्टरनेट कम्पनीहरुको तार काट्ने भएको छ । 

असोज १५ गते भित्र प्राधिकरण समक्ष भाडादर सम्झौता नगरे र भुक्तानी गर्न रकम नबुझाए तार हटाउने निर्णय गरेको हो ।

बिहिबार प्राधिकरणले पुनः एक सुचना जारी गर्दै पोलभाडा शुल्क बुझाउन ताकेता गरेको छ । अर्को तर्फ इन्टरनेट सेवाप्रदायक तथा केबल टेलिभिजन कम्पनीहरु बढेको पोलभाडालाई लिएर आन्दोलनको तयारी गरिरहेका छन ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बढाएको पोलभाडा विरुद्ध नेपालका सूचना प्रविधि क्षेत्रका सबै संघसंस्था एक जुट बनेका छन । अहिले सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो संस्था कम्प्युटर एसोसियसन नेपाल, इन्टरनेट सेवाप्रदायक संघ, केबल टिभी महासंघले प्राधिकरणले बढाएको पोलभाडा विरुद्ध संघर्ष गरिरहेका छन ।

केबल टिभी महासंघले प्राधिकरण विरुद्ध आगामी १३ गत राष्ट्रिय भेला समेत बोलाइसकेको छ । आज प्राधिकरणले निकालेको सूचनमा सेवाप्रदायकहरुलाई चेतावनी दिदै आगामी १५ गतेबाट पोलभाडा सम्झौता नगरे तार निकाल्ने उल्लेख गरेको छ ।

यस अघि २०७५ सालमा पनि प्राधिकरणले तार काट्न थालिसकेको थियो । त्यतिवेला कुलमान लचक भएका कारण सो प्रक्रिया अघि बढ्न सकेन ।

कुलमान घिसिङ पोलभाडा शुल्क घटाउन कुनै हालतमा पछि नहट्ने पक्षमा छन भने सेवाप्रदायक सरकारबाट सहयोग नपाएपछि अन्तरसंघर्षमा उत्रिएका छन । पोलभाडा विवादकै कारण गत हप्ता इन्टरनेट सेवाप्रदायकले ३०० प्रतिशतसम्म इन्टरनेट शुल्क बढाउने निर्णय दूरसञ्चार प्राधिकरणलाई पेस गरेका थिए ।

सेवाप्रदायक र प्राधिकरणबीच यतिवेला पोलभाडाको बिषयमा अन्तरद्धन्द नै कायम भएको छ । मन्त्री स्तरबाटै पोलभाडा घटाउने बिषयमा असहयोग पाएपछि सडकबाट सघर्षको बिकल्प नरहेको सेवाप्रदायक बताउँदै आएका छन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।