सुनको मूल्य घटेर ९० हजार भन्दा तल आइपुग्याे, कतिमा हुँदैछ कारोबार ?

Sep 23, 2021 12:24 PM Merolagani

लगातार दुई दिन बढेको सुनचाँदीमा गिरावट आएको छ । असोज ७ गते, बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ । बुधबार भने सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।