४३ वर्ष अघि शेयर किनेर बिर्सिएका बाबुको शेयरको मूल्य १४ सय ३८ करोड पुग्यो, ७४ वर्षीय बाबुले शेयर किनेर बिर्सिएको कथा

Sep 28, 2021 08:09 AM Merolagani

भारतीय समाजमा एउटा उखान निक्कै चर्चित छ। “ऊपर वाला जब भी देताहैं तो छप्पर फाड़कर देता हैं” भन्नुको अर्थ हो जब भगवानले दिन्छन् तब घरको छानो च्यातेर धनको वर्षा गराइ दिन्छन्।

पछिल्लो समय यस्तै अवस्था एक भारतीय शेयर लगानीकर्ताको हकमा देखिएको भनेर भारतीय संचार माध्यमहरुले खबर लेखेका छन्। भारतीय समाचारपत्र दैनिक भाष्करले आफ्नो अनलाइन संकरणमा एक भारतीय शेयर लगानीकर्ता बाबू जर्ज वालावीको खबरलाइ उच्च प्राथमिकता दिँदै छापेको छ।

भारतको केरल राज्यको कोची सहरमा बसोबास गर्ने बाबू जर्ज वालावीले ४३ वर्ष पहिले ३५ सय कित्ता शेयर खरिद गरेर बिर्सिएका थिए। जुन शेयरको मूल्य यतिबेला भारतीय शेयर बजारमा १४ सय ३८ करोड भारतीय रुपैयाँ पुगेको छ। मूल्य बढेर निक्कै माथि पुगेको भएपनि उक्त रकम भने बाबुले चलाउन पाएका छैनन्। आफ्नै रकम लिन पनि बाबुले संघर्ष गर्नु परिरहेको छ। खासमा जुन कम्पनीको शेयर बाबुले किनेका हुन्। उक्त कम्पनीले बाबुलाइ रकम फर्काउन आनाकानी गरिरहेको छ।

कम्पनीले रकम दिन आनाकानी गरेपछि बाबु आफुमाथि अन्याय गरिएको भन्दै भारतीय शेयर बजारको नियामक निकाय सेबिको शरणमा पुगेका छन्। उनले सेबिले आफुमाथि न्याय गर्ने भन्दै विश्वास व्यक्त गरेका छन्।   

७४ वर्षिय बाबुले सेबि समक्ष दिएको निवेदनमा जुन बेला उनले शेयर खरिद गरेका थिए त्यस बेला उक्त कम्पनी सूचीकृत थिएन। सूचीकृत त थिएन नै उसले वार्षिक रूपमा कुनै प्रतिफल समेत दिने गरेको थिएन। उनले सन् १९७८ मा मेवाड़ आयल एण्ड जनरल मिल्स लिमिटेडकाे ३ हजार ५०० कित्ता शेयर किनेका थिए। त्यतिबेला राजस्थानको उदयपुरस्थित अनलिष्टेड कम्पनी थियो। उक्त कम्पनीका संस्थापक अध्यक्ष पीपी सिंघ र बाबु मित्र थिए। उनकै अनुरोधमा बाबुले उक्त शेयर किनेका थिए। तर, शेयर किनेको लामाे समयसम्म पनि सूचीकृत नहुनु र कुनै लाभांश समेत नपाएपछि बाबुले उक्त लगानीनै बिर्सदैं गएका थिए। जुन शेयरको कारण बाबु  कम्पनीको २.८ प्रतिशत शेयरको मालिक भएका छन्।

तर, उनले लामो समयसम्म सोध खोज नै नगरेको शेयर बारेमा उनले पाँच वर्ष अघि सन् २०१५ देखि खोज तलास शुरु गरे। उनले खोज तलास गर्दै जाँदा उनको नाममा शेयर भने फेला परेन। किनकि कम्पनीले उनको शेयर बिक्री गरिसकेको थियो। त्याे कम्पनीको नाम परिवर्तन भएर पीआई इंडस्ट्रीज भएको र उक्त कम्पनी शेयर बजारमा समेत सूचीकृत भइसकेको पाए। आफ्नो शेयरलाइ डिम्याट गर्न भन्दै उनले शेयर कारोबार गर्ने एजेन्सीको सहयोग लिए। तर एजेन्सीले उनको शेयर डिम्याट गराउने प्रक्रिया शुरु गरेपछि जुन कम्पनीको शेयर थियो,उक्त कम्पनीले उनको नाममा भएको शेयर सन् १९८९ मै अरु कसैलाइ बिक्री गरिसकेको जानकारी दियो।

त्यसपछि बाबुले आफ्नो नाममा भएको शेयर अरु कसैलाइ बिक्री गरिदिएको भन्दै कम्पनीमाथि छानबिन गर्न सेबिमा निवेदन दिएका हुन्। खासमा कम्पनीले उनको नाममा भएको शेयरको नक्कली प्रमाणपत्र बनाएर कम्पनीले बिक्री गरिदिएकाे बाबुको आरोप छ। जब बाबुले आफ्नो हकको लागि कानूनी लडाइ शुरु गरे त्यसपछि कम्पनीले उनलाइ वार्ताको लागि भन्दै दिल्ली बोलाएको थियो। तर बाबुले दिल्ली नआउने जानकारी दिए।

उनी दिल्ली नआएपछि कम्पनीले उनको शेयर असली वा नक्कली रहेको प्रमणित गर्न भन्दै आफ्ना दुइ वरिष्ठ अधिकारिलाइ उनी भएकै स्थानमा छानबिन गर्न पठायो। छानबिन गर्न गएका अधिकारीले बाबुसित भएका शेयर र प्रमाण दुबै असली नै भएको बाबुलाइ जानकारि दियो। तर त्यसपछि पनि कम्पनीले उक्त शेयरको बारेमा कुनै प्रक्रिया अघि बढाएन। कम्पनीले कुनै प्रक्रिया अघि नबढाएपछि बाबु सेबिको शरणमा पुगेका हुन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।