रिडी हाइड्रोपावरमा गाभिने र लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न रैराङ हाइड्रोपावरले डाक्यो साधारण सभा

Oct 11, 2021 07:40 AM Merolagani

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (RRHP) ले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले कात्तिक १७ गते आफ्नो केन्द्रिय कार्यालय, थापाथलीमा अठारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे जुमको सहायताबाट सञ्चालन हुनेछ।

सभाले रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।