नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, नगदभन्दा बाेनसमा जाेड

Oct 20, 2021 10:24 AM Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

बैंकले कुल लाभांशलाई कायमै राखी बोनस शेयर र नगद लाभांश दरमा परिवर्तन गरेको हो। बैंकले अब शेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसअघि पनि बैंकले कुल १६ प्रतिशत नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यद्यपि, त्यसमा ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश थियो।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको जनाएको छ। कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँ छ। १२.६११ प्रतिशतका दरले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।