यस योजनाका इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमार्फत खरिदबिक्री गर्न सकिने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।
कारोबारका लागि काउण्टर आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म खुला हुनेछ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजनाका इकाईहरु खरिदबिक्री बन्द हुने क्यापिटलले जनाएको छ।