दराजकाे ४७ भन्दा धेरै सहरमा सेवा विस्तार

Oct 24, 2021 06:42 PM Merolagani

दराज अनलाईन सपिंगले सामाग्री डेलिभरी सेवा विस्तार गरेको छ । जसअनुसार दराजले नेपालका ४७ भन्दा धेरै शहरहरुमा सेवा विस्तार गरेको हो । अलिबाबाले दराजलाई अक्वायर गरे यता आफ्नो लक्ष्य अनुरुप आउँदा महिनाहरुमा सामाग्री वितरण र सेवा विस्तारलाई तिव्रताका साथ अघि बढाउने घोषणा गरेको हो ।

हाल दराजको देशभरमा १५ डेलिभरी हब्स रहेको छ । जसमध्ये बिर्तामोड, बिराटनगर, जनकपुर, बिरगंज, भरतपुर, पोखरा, बुटवल, धनगढि, भक्तपुरको सल्लाघारी र काठमाडौंका पुरानो बानेश्वर, बालाजु, गोपीकृण्ण, न्यूरोड,थसिकेल तथा सोल्टीमोड लगायतका स्थान हुन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।