दुई कम्पनीको मूल्य समायोजन

Oct 25, 2021 05:28 AM Merolagani

कात्तिक ८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

यस दिन कुमारी बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन भएको हो भने गुराँस लघुवित्तको १६.९० प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात कुमारीको शेयरमूल्य प्रतिकित्ता २६४ रुपैयाँ र गुराँसको १ हजार ३४८ रुपैयाँ ९ पैसा तोकिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार कुमारीको शेयर २८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने गुराँसको १ हजार ५७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

गुराँस लघुवित्त (GLBSL) ले लाभांश पारित गर्न कार्तिक २२ गते सोमबार दिनको ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा छैठौं वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६.९०६४ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार रुपैयाँ नगद लाभांश साधारण सभाबाट पारित गर्नेछ।

यस्तै, लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ।

त्यसैगरी, कुमारी बैंक ले लाभांश प्रस्ताव पारित गर्न कात्तिक १६ गते आफ्नो नक्साल कार्यालयमा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ। सो सभामा अनलाइन (जुम) मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।