बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश, बोनस कति?

Oct 26, 2021 10:17 AM Merolagani

बैंक अफ काठमाण्डू (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार ४२९ रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले ९६ करोड ५८ लाख १७ हजार ६४२ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार ७१ रुपैयाँ ९० पैसा पुग्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।