गत साता करिब ९ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Oct 31, 2021 07:54 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ९ प्रतिशत बढेको छ। अघिल्लो साता २५५६.९५ विन्दुमा बन्द भएको नेप्से, गत साता ८.८१ प्रतिशत अर्थात २२५.१६ अंक बढेर २७८२.११ विन्दुमा पुगेर बन्द भएको छ।

केही समय अघिसम्म सर्ट टर्म बियरिशमा रहेको नेप्से, गत साता बुलिश देखिएको थियो। गत साता बजार खुलेका पाँचै कारोबार दिन नेप्से बढेको थियो। गत साताको दोस्रो कारोबार दिन नेप्से र भोल्यूम दुबैले ट्रेण्ड ब्रेक गरेपछि नेप्सेमा उत्साह देखिएको थियो। त्यसपछिका दिनहरुमा लगानीकर्ताहरु बजार प्रवेश गरेपछि, नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको थियो।

यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको छ। यसलाई बुलिश क्रसओभर भनिन्छ। यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ। २० दिने इएमएभन्दा ५ दिने इएमए माथि रहनुले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

गत साता नेप्सेले बुलिश मारुबोजु बनाएको छ। यसले बजारमा बिक्रीकर्ता माथि खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ९ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २४.०३ प्रतिशत बढी हो।

वित्त उपसमूह

गत साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १९.६९ प्रतिशत बढेको थियो। अघिल्लो साता २१६८.३१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ४२६.९८ अंक बढेर २५९५.२८ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, सो उपसमूहको परिसूचक ओरालो लागेमा भने २२०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेमा जस्तै यस उपसमूहमा पनि बुलिश क्रसओभर देखिएको थियो। यस उपसमूहको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेपछि सो क्रसओभर बनेको हो। यसले आगामी दिनमा यस उपसमूहको परिसूचक बढ्ने संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।