गत साता करिब साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Nov 08, 2021 08:50 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २७८२.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता ६५.८९ अंक बढेर २८४८.८४ विन्दुमा बन्द भएको थियो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नियन्त्रण गर्न निर्देशिका जारी गरेसँगै उकालो लागेको बजारले गत साता पनि सोही गतिलाई निरन्तरता दिएको हो। गत साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये तीन कारोबार दिन नेप्से उकालो लागेको थियो भने एक कारोबार दिन ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा २७९० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। यी दुबै इएमए बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

गत साता नेप्सेले सातामा बुलिश मैनबत्ती बनाएको छ। यसले बजारमा बिक्रीकर्ताहरुमाथि खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। चार्ट हेर्ने हो भने, बजार बुलिश इन्गल्फिङ्ग प्याटर्न बनेपछि बाउन्स ब्याक भएको देखिन्छ।

गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकि नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। नेप्सेसँगै भोल्यूम पनि बढिरहेकोले लगानीकर्ताहरु उत्साहित देखिन्छन्।

(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएकाे याे विश्लेषण आफैमा पूर्ण हाेइन। लगानीकर्ताले लगानीकाे निर्णय गर्नुअघि आफैले अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।