शेयर बजारमा कसरी प्रवेश गर्ने?

Nov 10, 2021 12:25 PM Merolagani

बद्रीगोबिन्द श्रेष्ठ

शेयर बजार के हो? 

कुनै पनि कम्पनी स्थापना गर्दा आवश्यक पर्ने पूँजी संकलन गर्ने सिलसिलामा कम्पनीमा आ आफ्ना स्वामित्व हिस्सा कायम गर्न लगाइएको लगानी रकमको प्रमाण स्वरुपको निस्सा शेयर हो। 

हाल यो भौतिक रुपमा नभइ अभौतिक रुपले आफ्नो शेयर खातामा हुन्छ।यसरी कम्पनीमा हिस्सेदारी प्राप्त गर्दा संस्थापकहरुले लगानी गरेको लगानी स्वरुपको निस्सा संस्थापक शेयर र अन्य लगानीकर्ता सर्वसाधारणहरुले लगानी गरेको लगानी स्वरुपको निस्सालाई सर्वसाधारण शेयर भनिन्छ।

यसरी शेयर एक प्रकारको धितोपत्र सेक्यूरिटी मानिन्छ। यस्ता शेयरको कारोबार खरिद÷बिक्री हुने कार्य धितोपत्र कारोबार तथा हुने प्रक्रिया, स्थान धितोपत्र बजार हो। यसरी यस प्रक्रियमा रकमबाट शेयरमा र शेयरबाट रकममा खरिदकर्ता तथा बिक्रेताद्वारा रुपान्तरण गर्ने कार्य गरिन्छ।

शेयर खरिदबिक्री गर्ने प्रक्रिया शेयर कारोबार हो। आवश्यक पूँजी आपूर्ति गर्ने सिलसिलामा कारोबार हुने विभिन्न वित्तीय औजार पूँजी बजारमा हुन्छ।

यसरी शेयरमा लगानी गर्दा सम्बन्धित कम्पनीले नाफा गरेमा शेयर लगानीकर्ताहरुले लाभांश प्राप्त गर्छन् र सो शेयरको मूल्य पनि बढ्दै जाने हुन्छ। तर कम्पनी नोक्सानीमा गएमा त्यसबाट कुनै पनि प्रतिफल प्राप्त नहुने र सो कम्पनीको शेयरको मूल्य पनि घट्दै जाने हुन्छ।

यसरी शेयरको खरिद प्राथमिक र दोस्रो बजारमा गर्न सकिन्छ।

शेयर कारोबार गर्न निम्न प्रक्रिया पुरा गर्नुपर्ने हुन्छः

१) नेपाली नागरिकले आफ्नो शेयर जम्मा हुने खाता खोल्नुपर्छ।

२) खातामा शेयर जम्मा गर्ने र हस्तान्तरण गर्न स्वचालित प्रणालीमा आबद्ध हुने।

३) नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नेपाल स्टक एक्सचेञ्जको सदस्यता लिएका धितोपत्र दलाल मार्फत शेयर खरिदबिक्री गर्ने।

४) बैंकमा खाता खोल्ने।

५) इमेल परिचय कायम गर्ने

शेयर खरिद गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ। तिमध्ये केही कुराहरु यस प्रकार छन्ः

१) प्रतिफल

२) जोखिम

३) भविष्यमा हुने लाभ

४) बजारको अवस्था

५) कम्पनीको बारे जानकारी

६) शेयरको प्रकृति

७) प्राथमिक निष्काशित शेयरमा लगानी गर्दै दोस्रो बजारको शेयरमा लगानी गर्दै जाने

८) सम्बन्धित प्रविधि तथा विश्लेषणहरुमा अभ्यस्त हुने

९) राजनितिक तरलतामा ध्यान दिने

खाता खोल्दा आवश्यक पर्ने कागजातहरुः

१) व्यक्तिगत विवरण उपलब्ध गराउने

२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) डिपी खाताको आधिकारिकता पत्र

४) बैंक खाताको आधिकारिकता पत्र

५) २ प्रति छायाचित्र

६) विद्यार्थी वा कर्मचारी भए सम्बन्धित परिचय पत्र

शुरुमा राम्रा प्रारम्भिक सर्वसाधारणको लागि निष्काशित शेयरमा लगानी गर्दै, आर्थिक अवस्था दरिलो कम्पनी, बजारमा विश्वास आर्जन गरेका कम्पनी, भविष्यमा आफ्नो कार्य विस्तार गरी आफ्नो खुद सम्पत्ती मूल्य एनएभि वृद्धि गर्न सकिने कम्पनी, लाभांश वितरणमा राम्रो रेकर्ड रहेका कम्पनीहरुमा सजकताका साथ लगानी गर्दै जान सके शेयर कारोबार गरी लाभ आर्जन गर्न सकिन्छ।

 

(श्रेष्ठ धितोपत्र व्यवसायसँग सम्बद्ध छन्)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।