गत साता साढे ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Nov 14, 2021 07:11 AM Merolagani

गत साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको थियो। अघिल्लो साता २८४८.८४ विन्दुमा बन्द भएको नेप्से यस साता १५८.५५ अंक घटेर २६९०.२९ विन्दुमा बन्द भएको छ।

खुलेका तीनै कारोबार दिन नेप्से ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक ओरालो लागेमा २५०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ। ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तलतिर लागेमा बियरिश क्रशओभर बन्नेछ। जुन बजार घट्ने संकेत हो।

गत साता नेप्सेमा थ्रि ब्ल्याक क्रोज बनेको छ। जसले बजारमा बिक्रीकर्ता अझै बलियो रहेको संकेत गर्दछ।

नेप्से ओरालो लागेपनि गत साता भोल्यूम भने बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ३५ करोड बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ११.६९ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ५.८२ प्रतिशत घटेको थियो। अघिल्लो साता ३१८६.११ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता १८५.३१ अंक घटेर ३०००.८० विन्दुमा झरेको थियो।

यस अनुसार यस साता जलविद्युत उपसमूहको परिसूचक ओरालो लागेमा २६०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने ३४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता नेप्सेजस्तै यस उपसमूहको पनि ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिँदै गएको छ। जसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूज लेटरमा

(उलपब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।