फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Nov 18, 2021 08:18 AM Merolagani

मंसिर २ गते, बिहीबार, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ५ गते, आइतबार बुकक्लोज गर्दैछ। यस अनुसारा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले मंसिर १६ गते बिहान ११ बजे, आम्रपाली व्याङ्केट, भाटभाटेनी काठमाडौंमा साधारण सभा बोलाएको छ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत अर्थात ८ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत अर्थात ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।