असंगठित च्यानलबाट हुने अनलाइन व्यापारले ग्राहकको डेटा सुरक्षामा चुनौती थपिएको छ : सस्तो डिलका संस्थापक अमुन थापा

Nov 19, 2021 04:29 PM Merolagani

नेपालमा कोभिड सुरु भएसँगै ई–कमर्श व्यवसायले नयाँ फड्को नै मारेकाे छ । फड्को मात्रै मारेन दुई बर्षमा पनि नहुने व्यापार बन्दाबन्दीकै बीचमा भयो । नेपालमा मात्रै होइन विश्वभर नै ई–कमर्श कल्चर स्थापित गराउन कोभिडले ठूलो भुमिका खेल्यो । 

बन्दाबन्दीमा पसल,तरकारी बजार, खाद्यान्न लगायत अत्यावश्यक समानको आपूर्ति नहुँदा यीनै ई–कमर्श कम्पनीहरु मार्फत ग्राहक तथा सरकारले पनि घर घरमा समान पुर्याउने काम गरे ।

महामारीमा घरमै बसेर समान मगाउन थालेपछि ई–कमर्श कल्चर स्थापित गराउन कोभिडले ठूलो भुमिका खेल्यो । नेपालका ई–कमर्श कम्पनीहरुको कोभिड पछिको अवस्था, अनलाइन व्यापारको चुनौती र सस्तो डिलले नेपाली ई–कमर्श बजारमा खेलको भुमिका बारे पहिलो नेपाली ई–कमर्श कम्पनी सस्तो डिलका संस्थापक अमुन थापासँग मेरोलगानीका सुवास निरौला र युबराज बस्नेतले गरेको कुराकानीः

नेपालमा कोभिड सुरु भएपछि समग्र ई–कमर्श कम्पनी फस्टाए । ई–कमर्श कम्पनीलाई भ्याइनभ्याइ भयो । कोरोना भाइरस संक्रमणपछि नेपालमा ई–कमर्श व्यवसायी कसरी अघि बढीरहेको छ ?

नेपाली ई–कमर्श व्यवसायलाई कोरोना भाइरस एउटा बरदान नै सवित भयो । (आईविएम) को रिपोर्ट अनुसार कोभिडले अनलाइन बजार र ई–कमर्श व्यवसायलाई ५ बर्ष अगाडि सारेको बताएको छ । यदि कोभिड हुदैन थियाे भने ई–कमर्श कम्पनीहरुलाई अघि बढ्न लामो समय लाग्थ्यो । नेपालको लागि अनलाइन व्यापार अझै नयाँ नै छ । 

ई–कमर्श कल्चर स्थापित गराउन कोभिडले ठूलो भुमिका खेल्यो । ई–कमर्श बजार यस्तो प्लाटफर्म हो जहाँ हजारौं बर्ष चल्दै आएको पुरानो परम्परालाई तोड्दै अनलाइनमा अभ्यस्त बनाउन खोजिएको छ ।

कोभिडमा सेवाग्राही र सेवाप्रदायकले बाध्यताले पनि अनलाइन किनमेल तिर ढल्किनु पर्यो । जसरी जुममा कहिल्यै मोबाइल नचलाएका बालबच्चादेखि बुढाबुढीसम्म ‘युजटु’ हुनुपर्यो त्यसरी नै संसारभर ई–कमर्श बजारमा कोभिडले क्रान्ति नै ल्याइदियो । हाम्रो ई–कमर्श उद्योगमा ठूलो परिवर्तन आएको छ ।

सस्तो डिलकै हेर्नुहुन्छ भने,विगत तीन बर्षमा ११ सय प्रतिशतको वृद्धिदर छ । यस हिसाबले बार्षिक दुईसय प्रतिशतले अनलाइन कारोबार बढिरहेको देखिन्छ । यही रेन्जमा आगामी दश बर्षमा नेपालमा पनि ई–कमर्श बजारले नयाँ फड्को मार्ने पक्का छ ।

नेपालमा हाल ९८ प्रतिशत खुद्रा (रिटेल) बजार नै रहेको छ भने दुईदेखि तीन प्रतिशत मात्रै अनलाइन व्यापार चलिरहेको छ । नेपालमा हाल हातमा गन्न सक्ने कम्पनी मात्रै ई–कमर्श व्यवसायमा छन । बजार ठूलो भएपनि अनलाइन व्यापार भनेजसरी अघि बढ्न नसकेको बजारलाई कोभिडले नयाँ रुप दियो जुन सकारात्मक छ ।

ई–कमर्श प्रयोगकर्ताको वृद्धिदर कसरी बढिरहेको छ ?

नेपाली ई–कमर्श बजारमा प्रयोगकर्ताको दर प्राकृतिक नै छ । नेपालमा ‘रेटसेट’ नाम कम्पनीले तीन महिना अघि नेपाली ई–कमर्श व्यवसायको अध्ययन गरेकाे थियो । जुन अध्ययनको रिपोर्टमा भनिएको छ कि आजको दिनमा नेपाली ई–कमर्शको कारोबार १०० मिलिएन डलर रहेको छ । यो रिपोर्टमा अर्गनाइज ई–कमर्श मात्रै जोडिएको छ । यो टनओभर २०२६ सम्म एक बिलियन डलर प्लस पुग्छ भनिएको छ ।

६ बर्षपछि यो तथ्याङक १० गुण वृद्धि हुने रिपोर्ट जारी भएको छ । त्यसैले नेपालमा अब ई–कमर्श व्यवसायले नयाँ उचाइ प्राप्त गर्ने आशा राखेका छौं

 

त्यसो भने अहिले सस्तोडिल कहाँ छ ? कुन हिसाबले सस्तोडिलले कारोबार गरिरहेको छ ?

हामीले सधै भन्दै आएका छौं, हाम्रो प्रतिस्पर्धी अन्य ई–कमर्श कम्पनीहरु होइनन् । रिटेल व्यवसाय नै हाम्रो प्रतिस्पर्धी हो । यतिवेला त अरु ई–कमर्श कम्पनी जन्मिएर हामीलाई सपोर्ट मिलिरहेको अवस्था छ ।

अलिबाबाले नेपालमा ई–कमर्शलाई जसरी अघि बढाइरहेको छ त्यसरी नै ग्राहक जागरण (अवेरनेश)को कार्यक्रमहरु पनि ल्याइरहेको छ । जसका लागि मैले १० करोड खर्च गर्नुपर्ने हुन्थ्यो त्यो उहाँहरुले गरिराख्नु भएको छ । जसले अफलाइन समान खरिद बिक्री गरिरहेको त्यसलाई अनलाइनमा ल्याउन अलिबाबा÷दराजको ठूलो भुमिका रहेको छ ।

त्यसैले हाम्रो प्रतिस्पर्धा एक अर्कासँग नभई रिटेलमा भइरहेको जस्तो मलाई लाग्छ । मान्छे अहिले न्यूरोडमा भएर फोन किनिरहेको छ भने अनलाइन बजारमा किन नआओस भन्ने नै सबै ई–कमर्श कम्पनीको चाहना हो ।

अफलाइन बजारबाट अनलाइमा ग्राहकलाई अभ्यस्त पार्न कठिन छ । अनलाइनमा आएपछि ग्राहकले एक सेकन्ड मै सामान पाउन सक्छ । आगामी १० बर्षसम्म हाम्रो लागि रिटेल नै प्रतिस्पर्धी हो र जब ईकमर्श कम्पनीहरु माथि पुग्दै जान्छन त्यसपछि एक अर्काको बजार हिस्सा हेर्न थाल्नुपर्छ ।

पछिल्लो समय ई–कमर्श व्यवसाय अर्थात अनलाइन व्यवसायको नाममा विकृति नै फैलिएको छ । अनलाइन बजारमा समान गुणस्तरीय नहुने तथा कतिपय अवस्थामा ठगीका घटना पनि बाहिर आउने गरेका छन ? कम्पनीहरुको विश्वासनियतामा पनि प्रश्न उठ्ने गरेको छ नि ?

म त्यो बिषयमा सहमत छैन । त्यो अनलाइन बजारमा ठ्याकै उल्टो सन्देश गइरहेको छ । किनकि ई–कमर्श जस्तो परिवर्तनशील अरू केही पनि छैन । समानको शुल्क झुटो हुदैन र समान राम्रो पाइन्छ भनेर नै ई–कमर्श रोज्ने हो ।

त्यस्तै समानको बारेमा हरेक जानकारी दिइएका हुन्छौं जुन रिटेल बजारमा हुँदैन । भिडियो सन्देश तथा प्रयोगको तरिका समेत हामीले दिएका हुन्छौं । ई–कमर्श कम्पनीले यो सबैको लागि ग्राहकको बिश्वास जित्ने नै हो । अहिले सबैभन्दा बढी गुनासो समान डेलिभरी भएको ठिक भएन, समानको गुणस्तर कम भयो,अर्को समान पर्यो भनेर बजारमा गुनासा आइरहेका हुन्छन् । जुन गुनासो ई–कमर्श कम्पनीबाट समान नकिनेको बर्गबाट आइरहेको छ । ठीक भएन भने हाम्रो रिटर्न, एक्सचेन्ज पोलिसी छ ।

ई–कमर्श भन्नाले सेवाग्राहीले फेसबुक पेज, इन्ट्राग्रामलाई बुझिदिनु हुन्छ जसले गर्दा यो समस्या आइरहेको छ । नियमनको दायरामा नभएका, दर्ता नभएका, कर नतिरेका त्यस्ता फेसबुक पेजको व्यापारले अहिलेको अवस्था आएको हो भन्ने मलाई लाग्छ ।

सरकारको नियमनमा नरहेका त्यस्ता व्यवसायसँग हाम्रो नाम जोडिन गएको हुन सक्छ । एक पटक सेवा लिएपछि विश्वास त्यसै आउने कुरा हो । सहज भएकै कारण विश्वमा ई–कमर्श फस्टाएको हो ।

यसको मतलब सेवाग्राहीलाई तपाईंहरुले ई–कमर्श व्यवसाय बारे बुझाउन सक्नु भएको छैन ?

हुन सक्छ, सेवाग्राहीलाई हामीले बुझाउन नसकेका पनि हुन सक्छौं । कल्चरको कुरा भएकाले पुराना बानीलाई परिवर्तन गर्न समय लाग्छ । आज पनि अमेरिकामा एमाजोन चलाउनै नआउने अवस्था पनि देखिन्छ । २० बर्ष पुरानो कम्पनीको अवस्था त्यस्तो छ भने यो त नेपाल हो, युज टु हुन पनि बषौं समय लाग्न सक्छ ।

सस्तो डिलसँग जोडिन आउने ग्राहक अधिकांश टेक्नोलोजीसँग अभ्यस्त भएकाहरु नै छन । तर, हामीले ग्रामिण भेगसम्म सेवा पुर्याउनु पर्दा हामीलाई कठिन हुन्छ । जस्तो रुकुम, रोल्पा , ग्रामिण भेगका मानिससँग पैसा छ तर, पसल÷ समान छैन भने त्यसको लागी ई–कमर्श नै विकल्प हो । तर, ग्रामिण भेगका मानिस इन्टरनेट र प्रविधि बुझेका छैनन् । यो नै नेपाली ई–कमर्श व्यवसायको लागि मुख्य चुनौती हो ।

सस्तो डिलले दशैभर समान अनलाइन डेलिभरी गर्छ । तर, कतिपय यस्ता ठाउँ पनि हुन्छन जहाँ समान लानका लागि याक र खच्चड समेत प्रयोग हुन्छ ।

डेलिभरि शुल्क पनि महङ्गो भयो भन्ने गुनासो पनि छ । यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

खासगरी हामी एउटा भोल्युममा काम गछौं । हाम्रो रेट निकै ‘अफोटेबल’ हुन्छ । काठमाडौंमा हामीले चार्ज लिने भनेको ५० रुपैयाँ हो । बाहिरी जिल्लाका सहरहरुमा ८० रुपैयाँ सम्म र कुनै कुनै जिल्लामा १२० रुपैयाँ हामीले लिने गरेको डेलिभरी चार्ज हो । जुन केजीको हिसाबमा हुन्छ ।

यो शुल्क सामान्य नै हो जस्तो मलाई लाग्छ । हामी त्यसलाई घटाउने क्रममा गइरहेका छौं । काठमाडौं, चितवन, पोखरा लगायतका मुख्य शहरहरुमा हामी आफैपनि डेलिभरी गरिरहेका हुन्छौं भने हामी नभएको ठाँउमा भने पर्टनर गरेर समान लग्छौं ।

कोभिडपछि हाम्रो खाद्यान्न व्यापार राम्रो भएको छ । ३ बर्षपछि सुरु गर्ने भनिएको कोभिडले रातारात खाद्यान्न व्यवसायमा छिनुपर्यो । जसमा १५ सय माथिको खाद्यान्न किन्दा निःशुल्क डेलिभरको व्यवस्था गरेका छौं ।

उद्योग मन्त्रालयले ई–कमर्श/स्टार्टअप ऐन मस्यौदा पनि तयार पारेको थियो । तर, अहिलेसम्म अघि बढेको छैन । अहिलेसम्म कहाँ अड्किरहेको छ ?

गत दुई बर्ष अघिनै ई–कमर्श ऐन अहिले उद्योग मन्त्रालयमै थन्किएर बसिरहेको छ । फाइनल ड्राफ्ट भएर हामीले उद्योग मन्त्रालयसँग ६ पटक भन्दा बढी छलफल गरिसक्यौं । तर, अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको जस्तो मलाई लाग्दैन । सबै ई–कमर्शको सहमति भइसकेपनि मन्त्रिपरिषद् त्यो बिषयमा पुग्न सकेको छैन । तर, सरकारको प्राथमिकतामा ई–कमर्श छ ।

यो ऐन आएपछि ग्राहक ठगी, डेटा दुरूपयाेग (मिसयुज), पैसा दुरूपयाेग ठूलो मात्रामा भइरहेको हामीले पाएका छौं । असंगठित च्यानलबाट भइरहेको अनलाइन व्यापारले विकृति फैलाएको छ । दर्ता प्रक्रियाबाट अनलाइन व्यापार नभएर हामी जस्ता ई–कमर्श कम्पनीमा गुनासो आउने गर्छ ।

दर्ता नभएका लाखौं इन्टाग्राम पेट, फेसबुक पेज जसले ई–कमर्श भनेर बेचिरहेको छ । तिनीहरुले दर्ता छैन, कर तिरेको छैनन् । हामीलाई सरकारको निगरानी हुन्छ तर, ति फेसबुक पेजको भरमा व्यापार गर्ने कम्पनी कसैको नियमनमा छैनन्।

पोलिसि आएपछि सबैलाई समेट्छ । सबै कानुनी प्रक्रियामा आएपछि मात्रै ई–कमर्श ई–कमर्श जस्तो हुन्छ । ई–कमर्श कम्पनीहरुसँग यति धेरे ग्राहकको डेटा छ जुन कुनै पनि सरकारी निकाय र बैंकसँग छैन । घरको लोकेसन, डेबिडकार्ड, क्रेडिट कार्ड सबै सूचना हुन्छ ।

त्यहि सूचना पनि सुरक्षित छ अथवा छैन थाहा छैन । ई–कमर्श यसरी बुम भइरहेको छ की यसलाई अब सरकारले ध्यान नदिए नियन्त्रण गर्न कठिन हुन्छ ।

सस्तो डिल खोल्ने आइडिया कसरी फुर्यो ?

म अमेरिकाबाट नेपाल फिर्ता भएपछि जुत्ता किन्न बजार निस्केको थिए । जुन जुत्ता किन्न र हेर्न ६ घण्टा लाग्यो । एउटा जुत्ता किन्न लामो समय खेर गयो । जुन समय नेपालमा अनलाइन व्यापारको ट्रेन सुरु नै भएको थिएन । त्यतिबेला म ई–कमर्श खोल्छु भनेर आएको होइन तर, समयले मलाई यता मोड्यो ।

अमेरिकाबाट नेपाल आएपछि जुक्ता किन्न जादा फुरेको आइडिया हो । सोही समय तीन जना साथीको सहयोगमा मासिक २ हजार भाडा तिरेर सस्तो डिल सुरु गरेको हो ।

सुरुदेखि नै सस्तो डिल लोकप्रिय भयो । नयाँ कुरामा सबैको चासो हुन्छ । जस्तै पठाओ ÷टुटललाई अहिले कुनै मार्केटिङ गर्नु परेन जुन सस्तोडिललाई पनि त्यस्तै भएको थियो । त्यतिखेर होमडेलिभर भन्ने नै थिएन । जतिवेला सस्तोडिल सुरुभयो नेपालको इन्टरनेटको पहुँच ९ प्रतिशत मात्रै थियो ।

अरु ई–कमर्शलाई छोडेर ग्राहकले सस्तोडिललाई नै किन रोज्ने ?

सबैभन्दा पहिला ग्राहकलाई सेवासँगै विश्वास पनि एउटा बिषय हो । हामीले विगत १० बर्षदेखि सेवा दिदै आएका छौं । सस्ताे डिल सबैभन्दा पहिला आएको नेपाली लोकल ई–कमर्श मध्ये पनि पर्छ । एक दशकमा एउटा ब्रान्डको रुपमा स्थापित भएको छ ।

भेन्डरसँगको सम्बन्धले पनि ग्राहकसमक्ष सस्तो डिललाई उत्कृष्ट बनाएको छ । गुणस्तरको हिसाबबाट पनि सस्तो डिल अब्बल नै छ । ग्राकसँग गर्ने व्यवहार र सम्बन्धले पनि सस्तो डिल लोकप्रिय बन्दै अगाडी बढीरहेको छ । सर्भिस समयमै भएपछि गुणस्तर पनि दिइरहेको कारण सस्तो डिल ग्राहकले रुचाइरहनुभएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।