गत साता करिब ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Nov 21, 2021 08:34 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेको छ। अघिल्लो साता २६९०.२९ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९३ प्रतिशत अर्थात ७८.८४ अंक बढेर २७६९.१३ विन्दुमा पुगेको छ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेसँगै नेप्सेले सो अंक बढेको हो।

यससँगै यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, नेप्से ओरालो लागेमा २६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तलतर्फ लाग्ने खोजेको जस्तो देखिएपनि फर्केर पुनः माथितर्फ नै गएको छ। यसले बजारमा शेयर बाइङ्ग मोमेन्टम पुनः बलियो हुँदै गएको संकेत गर्दछ।

गत साता साप्ताहिक रुपमा नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। जसले बिक्रीकर्तामाथि खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४.८८ प्रतिशत बढी हो।

अन्य उपसमूह

गत साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १६.२८ प्रतिशत बढेको थियो। अघिल्लो साता १८२५.८८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २९७.२० अंक बढेर २१२३.०८ विन्दुमा पुगेको थियो।

यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २३०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गदैछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।