भारतमा स्याटेलाइट इन्टरनेट कम्पनी शुरु गर्दै एलन मस्क

Nov 21, 2021 02:36 PM Merolagani

एलोन मस्क (टेस्लाका सीईओ) को कम्पनी स्पेसएक्सले भारतमा रोजगारी प्रदान गर्दैछ। स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिङ्कले चाँडै नै त्यहाँ स्याटेलाइट इन्टरनेट सेवा शुरु गर्ने भएको छ।

कम्पनीका कन्ट्री हेड इण्डिया सञ्जय भारद्वाजले लेखेका छन्, ‘हामी अब भारतका लागि दुई रकस्टार खोजिरहेका छौं भन्ने कुरा बताउदा मलाई खुशी लागेको छ।’

कम्पनीले लिंक्डइनमा यो जानकारी सार्वजनिक गरेको हो। भारद्वाजले स्याटेलाइट इन्टरनेट सेवा शुरु गर्ने पहल ग्रामीण भारतबाट शुरु भएको रूपान्तरणलाई गति दिन एउटा सानो कदम रहेको लेखेका छन्। ‘हामी अगाडि बढ्दै जाँदा रोजगारीका अवसरहरू खुल्दै जानेछन्। कम्पनीले लाइसेन्स पाएपछि त्यसले गति लिन्छ। योग्य उम्मेद्वारहरूले आफ्नो बायोडाटा पठाउन सक्छन्,’ उनी ठप्छन्।

भारतमा स्याटेलाइट इन्टरनेट कहिले उपलब्ध हुनेछ?

एलोन मस्कको कम्पनी स्टारलिंकको स्याटेलाइट इन्टरनेट अर्को वर्ष भारतमा उपलब्ध हुनेछ। भारतमा भने नियामकबाट स्वीकृति लिने प्रक्रिया चलिरहेको छ। स्टारलिंकको आधिकारिक वेबसाइटका अनुसार यसको प्रि (बुकिङ ९९ डलर अर्थात करिब ७,२०० रुपैयाँमा शुरु भएको छ। यो रकम पूर्ण रूपमा रिफण्डेबल छ।

केही दिन अघि, मस्कलाई ट्विटर ह्यान्डल अनसेटडिजिटलबाट सोधिएको थियो कि भारतमा स्टारलिङ्क सेवाहरू कहिले शुरु हुन्छ? यसको जवाफमा मस्कले नियामकबाट स्वीकृति लिने प्रक्रिया चलिरहेको बताएका थिए। अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत, क्यानडा, चिली, पोर्चुगल, अमेरिका लगायत १४ देशमा हाल उपलब्ध रहेको स्याटेलाइटबाट भारतले चाँडै नै उच्च गतिको इन्टरनेट पाउन थालेको स्पष्ट छ। हाल, स्टारलिंक ब्रोडब्याण्डले विश्वभर ९० हजार सब्सक्राइबरहरू हासिल गरिसकेको छ।

स्टारलिङ्कबाट स्याटेलाइट इन्टरनेटको गति कति हुनेछ?

स्टारलिङ्कबाट उपग्रह इन्टरनेट हाल बिटा (परीक्षण) संस्करणमा छ। जहाँसम्म गतिको सवाल छ, डाउनलोड दायरा ५० एमबीपीएसदेखि १५० एमबीपीएसको बीच छ। यसले कम लेटेन्सी इन्टरनेट सेवा २० मिलिसेकेन्डदेखि ४० मिलिसेकेन्ड लिन्छ। लेटेन्सी भनेको एक बिन्दुबाट अर्को विन्दुमा डाटा स्थानान्तरण गर्न लाग्ने समय हो।

अमेरिकामा, स्पीडटेस्ट इन्टेलिजेन्सको तथ्यांकले देखाउँछ कि स्टारलिङ्क स्याटेलाइट ब्रोडब्यान्डले ९७.२३ एमबीपीएस डाउनलोड गति प्रदान गरिरहेको छ, जबकि १३.८९ एमबीपीएस अपलोड गति। अमेरिकामा वायर्ड ब्रोडब्याण्डमा औसत डाउनलोड गति लगभग ११५.२२ एमबीपीएस र अपलोड गति लगभग १७.१८ एमबीपीएस छ।

अमेरिकी वायुसेनाले पनि स्टारलिङ्कको प्रयोग गरेर ६०० एमबीपीएसको गति हासिल गरेको छ। सर्वसाधारणका लागि उपलब्ध हुने पूर्वाधारले यति उच्च गतिमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन। मस्कको अन्तरिक्ष अनुसन्धान एजेन्सी स्पेसएक्स, जसले स्टारलिंकका लागि उपग्रहहरू सेट अप गरिरहेको छ, ग्राहकहरूले ५० देखि १५० एमबीपीएसको गतिको अपेक्षा गर्न सक्छन्।

अगस्टमा, स्पीडटेस्ट एपको निर्माता ओक्लाले भने कि धेरै देशहरूमा स्टारलिङ्क स्याटेलाइट ब्रोडब्याण्डको गति वायर्ड ब्रोडब्यान्डको गतिमा पुगेको छ। त्यही समयमा, केही देशहरूमा यसले वायर्ड ब्रोडब्याण्डलाई पनि पछाडि पारेको छ।

(मनीभास्करबाट अनुवादित)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।