उनीहरुको मुलुक, विश्वको सबैभन्दा पुरानो र महान सभ्यता भएको, विज्ञान तथा प्रविधिमा लामो समय नेतृत्व गरेको, १६ औँ शताब्दीमा पश्चिममा शुरु हुनुभन्दा अघिसम्म सैन्य र प्राविधिक प्रगतिमा एकदमै पृथक थियो। १८ औँ शताब्दीमा औद्योगिक क्रान्ति शुरु भए पनि शक्तिशाली आर्थिक मुनाफा हुन ढिलो भएको थियो। यसलाई १९ औँ शताब्दीमा बाहिरी शक्तिहरुले दबाएको थियो।
र पछिल्लो शताब्दीका लागि– जब यस चिनीयाँ जोडीका मातापिता अथा हजुरबुबा हजुरआमा जीवित थिए– चीनले चिंग वंशको पतन, गृह युद्ध, जापानद्वारा क्रुर कब्जा, च्यांग काई शी र माओत्से तुंगका सेनाहरुबीच एक लामो युद्धको सामना गर्नुपर्यो।
माओले सो संघर्ष जीते तर फेरी देशको ३० वर्षको अत्याधिक आवेशपूर्ण, क्रान्तिकारी प्रयोगहरुमा डुवायो, ग्रेट लिप फरवार्डदेखि सांस्कृतिक क्रान्तिसम्म, जुन सबै असफल भए।
१९७० दशकको अन्त्यसम्ममा, चीन एक क्रान्तिकारी शासन भएको एक थाकेको, गरीब, छुट्टिएको मुलुक थियो, जसको रेड चाइनाका कारणले सबै विश्व प्रासंगिकता गुमाएको थियो। यी चिनीयाँ जोडीका अभिभावकहरु विश्वका सबैभन्दा गरिब व्यक्तिहरु थिए, जोसँग कम विकल्प थियो।
त्यसपछि डेंग स्योकिंग आए, कम्यूनिस्ट पार्टीका नेता, जसले चीनलाई १९७० को अन्त्यदेखि १९९० सम्म दो¥याए र उनका नीतिहरुले चीनलाई बजारमा र विश्वमा परिचित गरायो।
यसको नतिजा उनीहरुले शान्ति र स्थायित्व मात्र पाएन, अर्थशास्त्री जेफ्रि स्याक्सका अनुसार ‘विश्व इतिहासमा सबैभन्दा सफल विकासको कथा’ बनाए। चार दशकका लागि, चीनको अर्थतन्त्र हरेक वर्ष करिब १० प्रतिशत बढ्यो। र जिडिपी पर क्यापिटा २५ गुणभन्दा बढी बढ्यो।
यस आर्थिक प्रगतिसँगै अधिक खुला, अधिक महत्वकांक्षी र आत्मविश्वास सहित नयाँ चिनियाँ समाजको निर्माण भइ विश्वमा स्थान बनायो।
यो स्वभाविक छ कि चीनका मानिसहरुमा अधिक गर्व र सन्तुष्टि हुने गर्दछ जुन कहिले काहीँ अति आत्मविश्वास र अहंकारमा बदलिन्छ। जब पश्चिममा उनीहरु आफ्नो मुलुकको आलोचना सुन्छन्, तब उनीहरु आश्चर्यचकित हुनसक्छ कि के अन्य मुलुकका मानिसहरु राष्ट्रहरुको श्रेणीमा तिव्र गतिमा अगाडि बढीरहेको चीनसँग रिसाएका छन्? भन्नुपर्दा अमेरिका विशेषगरी चीनलाई आफ्नो स्थानमा राख्न चाहन्छ।
यो प्रश्न स्वभाविक हो। कायम शक्तिशाली राष्ट्रहरुका लागि नयाँ आउने राष्ट्रहरुका लागि स्थान बनाउन जहिले गाह्रो हुँदै आएको छ।
तर, चीनको तेस्रो क्रान्ति जसलाई अहिलेका वरिष्ठ नेता शी जिनपिंगले गरेका छन्, त्यसले यसलाई अझ गाह्रो बनाएको छ।
शीले स्वतन्त्र बजारका लागि सानो भूमिका र हरेक क्षेत्रमा कम्यूनिस्ट विचारथाराको बलियो आग्रहका साथ चीनलाई आन्तरिक रुपमा थप दमनतर्फ लगेका छन्। उनले विदेशमा पनि आक्रामक नीति अपनाएका छन्।
चीनको उदयकर्ता, डेंग स्योकिंगले, चीनले आफ्नो शक्ति लुकाउन र आफ्नो समयको पालना गर्नुपर्ने आवश्यकताको कुरा गरे। तर, त्यो केही दशक पर्खने सल्लाह मात्र थिएन। डेंगले चीन यति ठूलो छ, यति धेरै सीमा विवादहरु भएका देशहरुको सिमाना छ, यसले विश्वलाई आश्वस्त पार्न आवश्यक रहेको बताएका छन्।
विन्स्टन चर्चिलले एक पटक रसियालाई ‘एनिग्मा भित्रको रहस्यामा बेरएको पहेली’ बताएका थिए। अर्कोतर्फ, चीन एक कर्नोकोपिया हो–एक विशाल, विरोधाभासले भरिएको भूमि। चीनको बारेमा जेसुकै भन्नुहोस्, तपाईले त्यहाँ फेला पार्न सक्नुहुन्छ–यसको विपरितका साथ।
के शीले यो फराकिलो देशलाई नियन्त्रण गर्न र आफुले चाहेको रेखामा जबरजस्ती राख्न सक्षम हुनेछन्?
हालसम्म उनी आन्तरिक रुपमा सफल भइसकेका छन्। तर, त्यसो हुँदै गर्दा, उनले त्यो औषत चिनियाँ दम्पत्तीको जीवनलाई कम खुल्ला र आफ्नो मुलुकलाई कम प्रशंसित बनाउदै लगेको छ। शीले चीनलाई परिवर्तन गरेको छ तर विश्व मञ्चमा यसको उदय झन् खतरनाक बनाएको छ।
(सीएनएनबाट अनुवादित)