दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 24, 2021 07:55 AM Merolagani

मंसिर ८ गते, बुधबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनीहरु कायम हुनुपर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि अर्थात मंसिर ९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा साधारण सभा डाकेको हो। सो सभा बिहान ९ बजेदेखि हुनेछ।

सभाले ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटको सभाकक्षमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

अघिल्लो कारोबार दिन अर्थात मंसिर ७ गते, मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर प्रतिकित्ता ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने मेरो माइक्रोफाइनान्सको १ हजार ४०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।