सेजनका सदस्य शिवाकाेटी अब 'फुल टाइम' राजनीतिमा,काँग्रस केन्द्रीय सदस्यमा उम्मेद्वार बन्ने

Nov 24, 2021 04:47 PM merolagani

नेपाल आर्थिक पत्रकार समाजका सदस्य समेत रहेका नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकाेटी नेपाली काँग्रेसकाे आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। । राजनीतिमा लागेसँगै उनले सकृय पत्रकारिताबाट भने बिदा  लिने घाेषणा गरेका छन् ।

मेराे लगानीसँगकाे कुराकानीमा  शिवाकाेटीले आफु राजनीतिक गर्न कै लागि पत्रकारिताबाट अलग भएकाे स्पष्ट पारे । उनले आफु निकट संचार संस्था हाम्रा कुरा डटकमकाे सम्पादकीय नेतृत्वमा समेत नरहने बताए । 

राजनीतिक एजेण्डासँगै प्रेसकाे एजेण्डा पनि संगसंगै लाने स्पष्ट पार्दै शिवाकाेटीले भने,काँग्रेसमा सकारात्मक हस्तक्षेपका लागि आफुले उम्मेद्वारी दिएकाे हुँ ।

पछिल्लाे समय तत्कालीन संचार मन्त्री गाेकुल बाँस्काेटाकाे ७० कराेड माग गरेकाे भिडियाे  र तत्कालीन सभामुख कृष्ण बहादुर महराकाे याैन प्रकरण सम्बन्धि भिडियाे सावर्जनिक गरेपछि शिवाकाेटी चर्चित बनेका  थिए ।

शिवाकाेटी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार दिन कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनै पर्ने व्यवस्था छ।

कांग्रेसको १४औँ महाधिवेशन मंसिर २५ देखि काठमाण्डाैमा हुँदै छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।