तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 25, 2021 08:35 AM Merolagani

मंसिर ९ गते, बिहीबार, तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर १० गते बुककलोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंक अफ काठमाण्डू (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित मंसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभामा भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पातिर गर्न बैंकले मंसिर २८ गते, मंगलबार, आफ्नो प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा ३५ औँ वार्षिक साधारण सभा डाकेको छ।

सो सभा बिहान १० बजे शुरु हुनेछ। कोभिड १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी बैंकले सो सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न गरिने जनाएको छ।

सभाले बैंकको प्रबन्धपत्रको दरमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर १९ गते दिनको २ बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले हाल काम चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १ करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।