अहिलेको समीक्षामा बाध्ने र कस्ने केही पनि आएको छैन्, त्यसै कारणले पूँजी बजार स्वत आफ्नो गतिमा चल्ने छ

Nov 27, 2021 11:46 AM Merolagani

अम्बिका प्रसाद पौडेल

मैले के बुझे भन्दा यो मौद्रिक नीतिको समीक्षा हो। यो वार्षिक मौद्रिक नीति आएको पनि होइन। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा नीतिले पारेको प्रभावको बारेमा गरिएको मात्र हो।

यो विश्लेषणमा मौद्रिक नीतिले व्यवस्था गरेका नीतिहरुले कस्तो प्रभाव पारेको छ भन्ने बारेमा गरिएको समीक्षा हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा के गर्याे भन्ने कुराको समीक्षा गरेको जस्तो देखियो।

यस समीक्षामार्फत सिडि रेसियोलाई ९० प्रतिशत कायम गर्न आगामी असार मसान्तसम्मको समय दिएको छ। जसले गर्दा सिडि रेसियोले बजारमा पारेको प्रभावलाई केही हदसम्म रिल्याकसेसन दिएको देखियो। यसले केही हदसम्म बैक वित्तीय संस्थालाई आफूले असार मसान्तसम्ममा गर्नुपर्ने कार्यहरु र बीचमा माग गरिएका विषयहरुलाई विस्तारै विस्तारै ल्याउन खोजिएको जस्तो देखिएको छ। यसले गर्दा बैकिङ्ग प्रणालीमा केहि न केही रुपमा तरलतालाई अहिले परिरहेको दबाव भन्दा केहि कम दबाव पर्ने छ भन्ने लाग्यो।

नेपाल राष्ट्र बैंकले नीति मार्फत सम्बोधन गर्नुपर्नेमा समग्र पूँजी बजारका मुद्दाहरु रहेका थिए। तर  राष्ट्र बैंकले लगानीकर्ताहरुका मागहरुलाई सम्बोधन गरेको कहिं कतै पाइएन। केन्द्रीय बैंकले लिएको नीतिकै कारण शेयर बजारमा नकारात्मक प्रभाव परेको छ भन्ने कुराको महसुस नगरेको बुझियो। लगानीकर्ताहरुलाई परेको मर्कालाई राष्ट्र बैंकले बुझेको अवस्था अब रहेन। त्यसैले अब राज्यको नीति अनुरुप आफ्नो कार्यनीति बनाउनुपर्छ।

केहि हदसम्म अहिलेको तरलता संकटलाई कहिं कतैबाट सम्बोधन गरेको जस्तो देखिन्छ। बैंकहरुलाई तरलता दिन दिनैको (मेन्टेन) सन्तुलन गर्नुपर्ने अवस्था हुँदैन कि भन्ने जस्तो मैले बुझे। त्यसैले गर्दा बजारमा तरलता केही सहज भइदियो भने पनि हामीलाई केही सहज हुन्छ।
यो राष्ट्र बैंकले गरेको पहिलो त्रैमासिक समिक्षाबाट म धेरै चिन्तित छैन्। अहिले नेपालको पूँजीबजारको आकार र कर्जाको आकार हेरेर लगानीकर्ताको संख्या हेर्ने हो भने त्यो कर्जा केही पनि होइन्। अहिलेको अवस्थामा कर्जाबाट भन्दा पनि धेरै नगदबाट नै बजार चलेको छ। हामी विश्वस्त रहनुपर्छ, पूँजी बजार आफ्नो लयमा जान्छ।

मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले मार्जिन धितो कर्जा ४÷१२ सिमा निधार्रण गर्नुको प्रभाव बजारमा परेर लगानीकर्ताहरुले पचाइसकेका छन्। अहिलेको समीक्षामा अरु थप कुराहरु केही पनि आएको छैन् । अरु बाध्ने कस्ने केही पनि आएको छैन् । त्यसै कारणले पूँजी बजार स्वतः आफ्नो गतिमा चल्ने छ । अहिले लगानीकर्ताको लगानीको आधार बलियो छ । पछिल्लो समय नगद र बचत भएका लगानीकर्ताहरु बजारमा भित्रिएका छन् । त्यसैको आधारमा पूँजी बजारले आफ्नो गति लिन्छ भन्ने मेरो विश्वास रहेको छ ।

मौद्रिक नीतिमार्फत शेयर बजारले माग गरेका कुराहरु परेन भनेर लगानीकर्ताहरु आत्तिनुपर्ने कुरा केही पनि छैन् । सरकारले मौद्रिक नीति मार्फत आयातलाई केही कडाइ गरेको छ । त्यसले गर्दा केही न केही आयात घट्छ । जसले गर्दा आयातमा जाने पैसा कम हुनेछ र बैंकमा थाेरै तरलता बढ्रनेछ। पूँजी बजारमा यसको सकारात्मक प्रभाव देखिन्छ । अहिले भएको मौद्रिक नीतिको समीक्षाको प्रभाब बजारमा पर्ने मैले देख्दिन। बजार अहिले जुन लयमा छ, त्यहि लयमा जाने हो । यो मौद्रिक नीतिको समीक्षाले पूँजी बजारलाई छुँदैन।

लगानीकर्ताहरुले शेयर खरिद बिक्री गर्दा आफ्नो सोच, विवेक प्रयोग गरेर लगानी गर्नुपर्ने हुन्छ । यसरी आफूले गरेको लगानीप्रतिको विश्वास गर्न सक्नुपर्छ। आफ्नो तरलता र आफ्नो नगद मौज्दात व्यवस्थापन गर्दै अघि बढ्ने लगानीकर्ताहरु कहिं कतै विचलित हुनुपर्दैन। यसरी बजारका लगानीकर्ता लाग्ने हो भने बजारले राम्रै बाटो समाएर एउटा गन्तब्यमा जान्छ।

 मेरो लगानीकी सुधा देवकोटाले शेयर बजारका जानकार पौडेलसँग गरेको कुराकानीमा आधारित लेख 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।