नेपाल पुनर्बीमा कम्पनीको नाफा एक अर्ब नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Nov 29, 2021 01:49 PM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय १ अर्ब १ करोड ५१ लाख र जीवन बीमा व्यवसाय १५ करोड ४३ लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ३.८१ प्रतिशत अर्थात २ करोड ३८ लाख रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट १ अर्ब ९९ लाख रपैयाँ र जीवन बीमा व्यवसायबाट ११ करोड ६७ लाख रुपैयाँ गरी एक अर्ब १२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ अर्ब ४३ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब २३ करोड १ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब २० करोड रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८६ करोड ८० लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्क समीक्षा अवधिमा ३७.३१ प्रतिशत बढेको हो ।

यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत ७३ लाख ४९ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले यस अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ पुनर्बीमा कमिशन बापत खर्च गरेको छ । यस्तै कम्पनीले निर्जीवन बीमातर्फ ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ र जीवन बीमातर्फ ४५ करोड २१ लाख रुपैयाँ गरी ४ अर्ब ५७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने एक अर्ब ९१ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३५ करोड १४ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात १३६.२९ गुणा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।