बीमा समितिको निर्देशन बिरुद्धमा उत्रिए बीमा कम्पनी, निर्णय सच्चाउन दबाव

Nov 29, 2021 01:12 PM Merolagani

स्वदेशी पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गराउन बीमा समितिले दिएको निर्देशन विरुद्धमा बीमा कम्पनीहरु उत्रिएका छन् । उनीहरुले अन्तराष्ट्रिय मान्यता विपरित स्वदेशी पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गराउन दिएको समितिको निर्देशन सञ्चाउन माग गरेका हुन् ।

जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन जीवन बीमक संघ र निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको आइतबार बसेको बैठकले स्वदेशी पुर्नबीमा कम्पनीलाई मात्रै पुनर्बीमा गर्न दिने समितिको निर्णय सच्चाउन माग गरेका हुन् । उनीहरुले बीमा कम्पनीको नियामक निकाय बीमा समितिलाई त्यस्तो निर्णय पुनरावलोकन गर्नका लागि पत्र पठाउने तयारी गरेका छन् ।

बीमा समितिले गरेको निर्णय अन्तराष्ट्रिय प्रावधान विपरित भएकाले त्यस्तो निर्णय सच्चाउन माग गरिएको नेपाल बीमक संघका महासचिव चंकी श्रेष्ठले बताए । ‘लाइफ, ननलाइफ संघको मिटिङले बीमा समितिको निर्णय पुनरावलोक गर्नका लागि पत्राचार गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अन्तराष्ट्रिय प्राटिक्स अनुसार पनि यस्तो गर्न मिल्दैन र यहाको कम्पनीले एकैचोटी त्यत्रो रिटर्न पनि गर्न सक्दैन् र इन्स्योरेन्सको प्रिन्सिपल अनुसार पनि रिक्स जति स्प्रेड आउट गरेकै राम्रो हुने देखियो । लस एउटै कम्पनीलाई बेहाेर्नु पर्दा समस्या हुन्छ । त्यही भएर सच्चाउन माग गर्ने निर्णय गरिएको हो ।’

बीमा कम्पनीको पछिल्लो निर्देशन पुनरावलोकन गर्नका लागि पत्र पठाउने निर्णय पनि बैठकले गरेको छ । ‘सच्चाउनका लागि पत्र (लेटर) दिने तयारी भइरहेको छ,’ महासचिव श्रेष्ठले भने, ‘एक दुई दिनमा नै हामीले लेटर पठाउँछौं ।’

बीमा समितिले सच्चाएन भने फेरी अर्को कदम चाल्न बाध्य हुने चेतावनी पनि बीमा कम्पनीहरुले दिएका छन् । बीमा बिज्ञहरुले पनि स्वदेशी पुनर्बीमा कम्पनीलाई मात्रै पुनर्बीमा गर्न दिनु अन्तराष्ट्रिय सिद्धान्त विपरित भएको बताउँदै आएका छन् । उनीहरुले बीमा समितिले स्वदेशी कम्पनीमा नै अनिवार्य रुपमा पुनर्बीमा गर्न निर्देशन दिनु उचित नभएको तर्क गर्दै आएका छन् ।

गत बिहीबार बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई पत्राचार गरी शतप्रतिशत पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएको थियो । समितिले नेपाली पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्रै अन्य पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।

जोखिम जति बढी हस्तान्त्रण गर्यो त्यति राम्रो हो तर, त्यसको बिपरित बीमा समितिले निर्देशन दिनु बीमाको अन्तराष्ट्रिय सिद्धान्त बिपरित भएको तर्क गरिदै आएको छ ।

समितिले नेपालमा रहेका दुईवटा पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्न निर्देशन दिएको हो । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रबाट हिमालयन रि इन्स्योरेन्स सञ्चालनमा आएका छन् ।

यसअघि नेपाली बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीका अलावा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्दै आएका थिए । तर, यसरी विदेशी पुनर्बीमा कम्पनीलाई पुनर्बीमा गर्दा वार्षिक करिव ६ अर्ब रुपैयाँ बाहिरिएको भन्दै बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गराउन निर्देशन दिएको थियो ।

तर, रकम बाहिर जान्छ भनेर स्वदेशमा मात्र पुनर्बीमा गराउनु पर्ने समितिको निर्देशन अन्तराष्ट्रिय सिद्धान्त विपरित भएको भन्दै बीमा बिज्ञ र बीमा कम्पनीहरुले बिरोध गर्दै आएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।