बिचौलिया हटाउन ग्राहक यूजरनेम र पासवर्ड सहितको नयाँ अनलाइन सिस्टम बनाउँदै यातायात विभाग

Nov 29, 2021 04:17 PM Merolagani

युवराज बस्नेत

यातायात व्यवस्था विभागले देशभर भएको यातायात बिचौलियालाई विस्थापित गर्ने रणनीति अपनाउने भएको छ । अनलाइन आवेदनदेखि सबैतिर बिचौलियाको रजगज मौलाउन थालेपछि विभागले सेवाग्राहीहरुको आफ्नै युजर्नेम र पासवर्ड बनाएर सेवा लिन सक्ने गरी सिस्टम विकास गर्न लागेको हो ।

अहिले यातायात बिचौलियाले फेसबुक पेज मार्फत विज्ञापन गर्दै यातायातका अनलाइन सेवाबाट पैसा असुल्दै आएका छन् । विभागले यो प्रणाली लागू गरेपछि एक व्यक्तिले एक पटक भन्दा बढी रजिष्ट्रर गर्न पाउने छैन।

हाल बारम्बार समस्या आइरहेको यातायात विभागको सिस्टम भारतीय कम्पनीको मातहतमा छ जसले गर्दा विभागले कुनै प्रक्रिया अघि बढाउन सकेको छैन ।

यातायात बिचौलियाले लाइसेन्स आवेदन तथा प्रयोगात्मक परिक्षाकाे छिट्टै समय मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलिरहेका छन । अब भारतीय कम्पनीले सो इडिएल सिस्टम ह्यान्डओभर गरेपछि भिआरएस र इडिएल सहितको सिस्टम अपग्रेड गर्ने तयारी भएको यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले बताए ।

‘लाइसेन्स फारम व्यक्तिले बाहेक अरु बिचौलियाले भर्न नपाउने गरी नयाँ साइट सहितको प्रणाली विकास हुँदै छ,’उनले भने ‘पैसा असुल्दै फारम भराइरहेका छन्।’  अहिले सिस्टम ह्यान्डओभरको प्रोसेसमा रहेको उनको भनाई छ ।

 

लाइसेन्स आवेदन दिनका लागि विभागको सिस्टममा दुई प्रकृतिका व्यक्ति हुने गर्छन् । लाइसेन्स भएको व्यक्तिको विवरण विभागसँगै हुन्छ भने अर्को नभएको व्यक्ति हुन्छ । लाइसेन्स नभएको व्यक्तिले रजिष्ट्रर गरेर युजर्नेम र पासवर्ड बनाइदिएर आवेदनको प्रक्रिया अघि बढाउन सक्ने गरि सिस्टम बनाउन लागिएको छ ।

एउटा ग्राहकको युजर्नेम पासवर्ड अर्को व्यक्तिलाई थाहा नहुने र दोस्रो व्यक्तिले लाइसेन्स सम्बन्धि कुनै जानकारी थाहा नपाउने गरी सिस्टम विकास हुने छ ।

उक्त सिस्टम बन्दा इडिएल र भिआरएस सहितको सातै प्रदेशमा आधारित भएर बन्ने जनाइएको छ । एक पटक रजिष्ट्रर गरिसकेको नम्बरले अर्को पटक रजिष्ट्रर गर्न नमिल्ने गरी युजर्नेममा आधारित भएर सेवाग्राहीले सेवा लिन सक्ने छन् । साइटबाटै आवेदन दिन सक्ने व्यवस्थालाई हटाइने भएको छ ।
हाल यातायात विभागकै साइटबाट लाइसेन्स आवेदन तथा अन्य सबै कम हुने भएकाले यातायात बिचौलियाहरुको रजगज छ ।अझ,लाइसेन्स आवेदनकै लागि पनि मोटो रकम लिने गरेका छन । त्यस्तै विभागले लाइसेन्स रिन्यु गर्दा अनलाइनबाटै रकम बुझाउन सकिने व्यवस्था समेत विभागले गर्न लागेको छ ।

विभागका इन्जिनियर पोखरेलका अनुसार हालको सिस्टम चलाउने जिम्मा पाएको भारतीय कम्पनीले नै सिस्टम नेपाललाई ह्यान्डओभर नगर्दा प्रक्रिया अघि बढाउन सकेको छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।