नेपाल लाइफ र शिखरकाे अग्रता कायमै, नयाँ कम्पनीहरु आक्रमक बन्दा गुराँस लाइफ भने कमजाेर बन्दै

Nov 30, 2021 06:51 AM Merolagani

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक चार महिना (कार्तिक) सम्ममा ६० अर्ब ९१ करोड रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरूले ४८ अर्ब ३२ करोड रूपैयाँ र निर्जीवन बीमा तर्फ २० कम्पनीहरूले १२ अर्ब ५८ करोड रुपैयाँ गरी सो बराबरको बीमाशुल्क संकलन भएको हो ।

यस अवधिमा गुराँस लाइफ इन्स्योरेन्स बाहेक सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले बीमाशुल्क बढाउन सफल भएका छन् ।

गत आर्थिक वर्षको कार्तिक सम्मको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २३.२२ प्रतिशतले बढेर ४८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ३९ अर्ब २२ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका थिए ।

यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि कुल बीमाशुल्क २७.३६ प्रतिशतले बढाएर १२ अर्ब ५८ करोड रुपैयाँ पुर्याएका छन । गत आर्थिक वर्षको कार्तिक सम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ८८ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।

नयाँ कम्पनीले व्यवसाय विस्तार गर्दा गुराँस लाइफको भने घट्दै

चालु आर्थिक वर्षको कार्तिक सम्ममा व्यवसाय विस्तारमा नयाँ जीवन बीमा कम्पनीहरु आक्रमक देखिएका छन् । सन नेपाल लाइफले सर्वाधिक ११७ प्रतिशतले बीमाशुल्क बढाउँदा प्रभु लाइफ र सिटिजन लाइफले पनि बीमाशुल्क १०० प्रतिशत भन्दा धेरैले बढाएका छन् ।

बीमाशुल्क आर्जनमा पुराना कम्पनीहरुलाई उछिन्दै महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफm रिलायन्स, सानिमा, ज्योति र आइएमई लाइफ शिर्ष सूचीमा रहेका छन् ।

सबै जीवन बीमा कम्पनीहरुले बीमाशुल्क बढाउँदा गुराँस लाइफको भने घटेको छ । गुराँस लाइफको बीमाशुल्क ६.३७ प्रतिशतले घटेर १ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको हो ।

गत आर्थिक वर्षको कार्तिक सम्ममा गुराँस लाइफले १ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

बीमाशुल्क आर्जनमा नेपाल लाइफको शिर्ष स्थान कायमै

जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले १२ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.९८ प्रतिशत हो ।

गत आर्थिक वर्षको कार्तिक सम्ममा कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफ पछि एलआईसी नेपालको १३.६३ प्रतिशत योगदान रहेको छ । यस अवधिमा एलआईसीले ६ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ । यस अवधिमा कम्पनीले ४४ करोड ३४ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ०.९२ प्रतिशत मात्रै हो ।

बीमाशुल्क आर्जनमा शिखर पहिलो बन्दा व्यवसाय बढाउनेमा हिमालयन अघि

कुल बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सले आफुलाई अब्बल सावित गरेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्ममा शिखरले सबैभन्दा धेरै १ अर्ब ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११ प्रतिशत हो ।

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको कार्तिकसम्ममा १ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
कुल बीमाशुल्कको आधारमा व्यवसाय बढाउनेमा भने हिमालयन जनरल इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । हिमालयनले यस अवधिमा सबैभन्दा धेरै ८४.०६ प्रतिशतले बीमाशुल्क बढाउदै ५८ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यहि अवधिमा हिमालयनले ३२ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, सानिमा जनरल इन्स्योरेन्सको ५९.९३ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ५८.८१ प्रतिशतले बीमाशुल्क बढेको छ ।

सबै भन्दा कम बीमाशुल्क बढाउनेमा भने लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ । लुम्बिनीको बीमाशुल्क २.३२ प्रतिशतले बढेर ४७ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ४६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा भने सानिमा जनरल रहेको छ । यस अवधिमा सानिमाले २८ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा यो २.२९ प्रतिशत मात्रै हुन आउछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।