बीमा समितिका अध्यक्ष सिलवाल भन्छन्, ‘सिइओलाई आउने कमिशन कटौती हुने डरले बिरोध गरियो’

Nov 30, 2021 05:40 PM Merolagani

 

बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले स्वदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन दिइएको निर्देशन बचाउ गरेका छन् । उनले मुलुक र नागरिकको हितमा निर्णय गर्दा पनि डराउनु पर्ने अवस्था आएको बताएका छन् ।

यता, बीमा कम्पनीहरुले भने स्वदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन दिएको निर्देशन अन्तराष्ट्रिय मान्यता अनुकुल नभएको भन्दै बिरोध गर्दै आएका छन् । बीमा समितिको अध्यक्ष सिलवाल भने बीमा कम्पनीले स्वदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउनु उचित निर्णय गरिएको बताएका छन् ।

उनले मेरोलगानीसँगको कुराकानीमा बीमा कम्पनीहरुको बिरोधलाई ‘सिइओलाई आउने कमिशन कटौती हुने डर’ भनेका छन् । ‘बिरोधको एउटा कारण व्यक्तिगत रुपमा कम्पनीका सिइओलाई आउने कमिशन नै हो,’ उनले भने, ‘समितिले मुलुक र नागरिकको फाइदाका लागि नै काम गर्दा बिरोध गर्नु पछाडिको कारण कशिसन गुम्ने डर बाहेक केही हुनै सक्दैन् ।’

बीमा समितिले गत बिहीबार स्वदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन निर्देशन दिएपछि बीमा कम्पनीहरुले त्यसको बिरोध गर्दै आएका छन् भने बीमा समितिले उक्त निर्देशनको बचाउ गर्दै आएको छ । सोमबार मात्रै पनि बीमा समितिले बिज्ञप्तिमार्फत बिरोध गर्नुको कुनै तुक नभएको प्रष्ट पारेको छ ।

नेपालमा पुनर्बीमा व्यवसायको एकाधिकार अन्त्य भई दुई वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका कारण प्रतिस्पर्धीरुपमा पुनर्बीमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको पनि सिलवालले बताए । हाल मुलुकमा बैदेशिक मुद्राको संचिति घट्दै गएको तर पुनर्बीमा वापत ठूलो रकम विदेशिने गरेकाले बैदेशिक मुद्रा संचितिमा समेत योगदान पु¥याउनु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

‘हामीले हेर्दा त विदेशमा धेरै पैसा गयो । सामान्य खालको जोखिमको पैसा पनि विदेशमा जान थाल्यो । कम्पनीलाई नदिएर खाली ब्रोकरलाई दिने काम हुन थाल्यो । यस्तो अवस्थाको अन्त्य गर्नका लागि स्वदेशी पुनर्बीमा कम्पनीमा बीमा गर्न निर्देशन दिइएको हो,’ उनले भने, ‘अरु अन्तराष्ट्रिय प्राटिक्सलाई हेर्ने हो भने स्वदेशी कम्पनीले बीमा गर्ने हो । स्वदेशी पुनर्बीमा कम्पनी विदेशी पुनर्बीमा कम्पनीमा जाने हो । स्वदेशी पुनर्बीमा कम्पनीले कति अब्जर गर्छ, त्यति गराउने हो र त्योदेखि बाहेक पुनर्बीमाका लागि विदेशीमा जाने हो ।’

अहिलेको कथा पनि यही भएको अध्यक्ष सिलवालले बताएका छन् । ‘स्वदेशीलाई पहिला अफर गर, उसले रिक्स लिन्छु भन्यो भने यही नै भइहाल्यो । रिक्स लिन सक्दैन भने मात्र बाहिर लिएर जानुपर्छ,’ उनले भने ।

कुनै स्वदेशी पुनर्बीमकले न्यून आर्थिक क्षमताका कारण पुनर्बीमा गर्न नसकेको खण्डमा त्यसरी नसकेको अंशको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम योग्यता पुगेका विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने व्यवस्था समेत गरेको अध्यक्ष सिलवालले बताए ।

‘हाम्रो निर्देशिकाले भने अनुसार गर । त्यसरी गर्दा सबै पैसा विदेश जाँदैन, मुलुक भित्रका कम्पनीहरुको अब्जर्भ गर्ने क्षमता पनि बढ्छ । अब्जर्भ गर्नका लागि पुँजी र क्षमता बढाउँछ । धेरै हदसम्म हामीले हाम्रो मुलुक भित्र पैसा राख्नु पर्छ,’ उनले भने, ‘विदेश जान हुँदैन भन्ने त होइन, स्वदेशी पुनर्बीमा कम्पनीले अब्जर्भ गर्न नसक्ने भएमा मात्र विदेशमा जानुपर्छ ।’

स्वदेशी पुनर्बीमा कम्पनीमा बीमा गराउनुको साटो बिदेशी पुनर्बीमा कम्पनीलाई मात्रै पोस्ने काम राम्रो नभएको अध्यक्ष सिलवाले बताए । ‘विदेशमा लगेर थुपार्ने मात्रै होइन् । एउटा मात्र ब्रोकर समात्ने होइन् । नेपालले जति जोखिम अब्जर्भ गर्न सक्छ त्यो गर्ने हो त्यो भन्दा बढी बाहिर लैजाने हो । १०० रुपैयाँ मध्ये १० रुपैयाँको जोखिम हामी बेहोर्न सक्छौं । २० अर्बको पुँजी भएको कम्पनी छ,’ उनले भने, ‘सामान्य ठेक्का पट्टा र दुर्घटनाको रकम पनि बाहिर जाने त संसारमा कही पनि हुँदैन । भारतमा ८७ प्रतिशत मुलुकले डाइजेष्ट गरेको छ । बंगालादेश  सिगांपुरमा पनि त्यस्तो छ, हेर्दा हुन्छ ।’

कुनै एउटा निर्देशन ल्याउदा पनि बीमा समितिले धेरै अध्ययन गरेर ल्याउने गरेको अध्यक्ष सिलवालले बताए । ‘नयाँ चिज आउदा समस्या त हुन्छ । परिवर्तन (चेन्ज) आउदा दुखाइ त हुन्छ । परिवर्तनको दुखाइलाई कसरी कम गर्ने भन्ने त फेरि छलफल गरी ठिक गरौला, त्यो ठूलो कुरा भएन्,’ उनले भने, ‘एउटा ध्रुव सत्य कुरा के हो भने शतप्रतिशत रकम बाहिर लान पाइदैन् । मुलुकले अब्जर्व गर्ने सक्ने जति मुलुकमा राख्न् पर्यो । त्यस भन्दा बाहिर जाने हो भने हामीले जाउ भनेर बाटो खोलि दिएकै छौं । निर्देशनले पनि त्यो बाटो खोलिदिएकै छ ।’

यता, स्वदेशी पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गराउन बीमा समितिले दिएको निर्देशन विरुद्धमा बीमा कम्पनीहरु उत्रिएका छन् । उनीहरुले अन्तराष्ट्रिय मान्यता विपरित स्वदेशी पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गराउन दिएको समितिको निर्देशन सच्चाउन माग गरेका छन् ।

जोखिम जति बढी हस्तान्त्रण गर्यो त्यति राम्रो हो तर, त्यसको बिपरित बीमा समितिले निर्देशन दिनु बीमाको अन्तराष्ट्रिय सिद्धान्त बिपरित भएको तर्क बीमा कम्पनीहरुले गर्दै आएका छन् ।

समितिले नेपालमा रहेका दुईवटा पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्न निर्देशन दिएको छ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रबाट हिमालयन रि इन्स्योरेन्स सञ्चालनमा आएका छन् ।

यसअघि नेपाली बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीका अलावा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्दै आएका थिए । तर, यसरी विदेशी पुनर्बीमा कम्पनीलाई पुनर्बीमा गर्दा वार्षिक करिव ६ अर्ब रुपैयाँ बाहिरिएको भन्दै बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गराउन निर्देशन दिएको हो ।

समितिको निर्देशनले स्वदेशी पुनर्बीमा कम्पनीलाई भने फाइदा

बीमा समितिले बीमा कम्पनीहरुलाई स्वदेशी कम्पनीमा पुनर्बीमा गराउन दिएको निर्देशनले नेपालका दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सलाई फाइदा पुग्ने देखिएको छ । बीमा कम्पनीहरुले बिदेशी पुनर्बीमा कम्पनीहरुसँग पुनर्बीमा गर्दा मोटो रकम बाहिरिने गरेको थियो ।

तर, त्यस्तो रकम स्वदेशमा नै रहने छ र यसले स्वदेशी पुनर्बीमा कम्पनीको पूँजी र क्षमता दुबै बृद्धि हुने छ । अहिले नेपालमा २० निर्जीवन र १९ जीवन बीमा कम्पनी छन् । उनीहरुले पुनर्बीमा बापतको रकम विदेशमा लगिरहेका छन् । त्यो रकम रोकिने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।