यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री हुँदैछ । मंगलबार पनि सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको थियो।
बुधबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ । यसअघि चाँदी तोलामा १५ रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २०५ रुपैयाँ तोकिएको थियो ।