बुधबार राजधानीमा आयोजित मोबाइल वितरकसँगको एक कार्यक्रममा प्रतिवद्धता सहित व्यवसायीलाई नेपालमै मोबाइल उत्पादनको रिसर्च गर्न भनेका हुन ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने ‘बाहिरबाट मोबाइल ल्याउने ल्याउदै गर्नुस् तर, नेपालमै मोबाइल उत्पादनको वातावरण पनि मिलाउनुस्,’ उनले नेपालमै मोबाइल उत्पादनको सम्भाव्यता अध्यनन गरेर आए सरकारले दिने सहुलियत तथा सहजिकरण गर्न सधै तयार रहेको बताए ।
राजस्व चुहावट रोक्न सरकारले तत्काल एमडिएमएस लागू गर्न सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको बताउँदै अब नेपालमा अवैध मोबाइल आयात रोकिने उनको भनाई छ ।
यस अघि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल उत्पादन गर्न सम्भावना नरहेको बताउँदै आएकाे छ भने नेपालमै मोबाइल रिफविर्स भने सम्भव रहेको अध्ययनले जनाएको छ ।
गत मंगलबार मोबाइल आयातकर्ता संघका पदाधिकारीले अर्थमन्त्रीलाई एमडिएमएस लागू गर्न आग्रह गरेका थिए। अवैध मोबाइल आयातले सरकारलाई प्राप्त हुने अर्बौं राजश्व समेत गुम्दै गएको भन्दै दूरसञ्चार प्राधिकरणलाई ध्यानाकर्षण समेत गराए।