कनेक्टआईपीएसको कारोबार शुल्क घट्यो

Dec 01, 2021 02:58 PM Merolagani

नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ।

नयाँ कारोबार शुल्क अनुरुप बैंक÷वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले २०७८ मंसिर ७ गतेबाट कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ,५०० भन्दा माथि ५,००० सम्मप्रति कारोबार शुल्क ४ रुपैयाँ र ५,००० रूपैयाँ भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लागू हुने भएको छ । यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाईल एप, बैंक/वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ रुपैयाँदेखि ५ रुपैयाँसम्म कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्धर्नका निम्ति एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ । हालै नेपाल राष्ट्र बैंकबाट बैंक÷वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क १० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।