नाडालाई लाग्यो चुनाव, ध्रुव थापा छलफलमा व्यस्त, करण चौधरीले प्यानल घोषणा गर्दै

Dec 01, 2021 02:44 PM merolagani

नाडा अटो माबाइल्स एसोसियसन नेपालको केन्द्रीय अध्यक्षमा करण चौधरी र ध्रुव थापा भिड्ने लगभग निश्चित जस्तै भएको छ । अगामी मंसिर २१ र २२ गते हुने चुनावमा सर्वसम्मतको प्रयास असफल भएपछि नाडा भित्र चुनावको रौनक सुरु भएको हो ।

नाडाको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ध्रुव थापाले पोखरा लगाएत देशभरका अटोमोवाइल व्यवसायीसँग अन्तक्रियामा व्यस्त छन् । एक अटो व्यवसायीले अनुसार नाडाका अघिकांश पूर्वाध्यक्षहरुको समर्थन ध्रुव थापालाई नै रहेको बताए ।

अध्यक्षका प्रत्यासी थापाले अध्यक्षमा उमेदवारीसँगै आटो क्षेत्रको नीतिगत सुधार, सचिवालयको समस्या तथा सरकार र अटो व्यवसाय विचका समस्यालाई समाधान गर्दै अघि बढेका छन ।

थापाको पक्षमा जगदम्बा मोटर्सका निर्देश दिपक अग्रवाल,आकाश गोल्छा,प्रदीपमान प्रधान लगाएतका अटो व्यवसायी उभिएका छन । त्यस्तै अर्का अध्यक्षका प्रत्यासी भने आफ्नो प्यानल बनाउन मै व्यस्त छन । हाल नाडाका उपाध्यक्ष रहेका करण चौधरी चर्चित कर्पोरेट हाउसबाट अध्यक्षको लागी दाबी गरेका छन ।

नाडाका पूर्वाध्यक्ष सहितको टिमले समर्वसम्वत नेतृत्व चयन गर्ने भने पनि करण चौधरी र ध्रुव थापा विच सहमति हुन नसक्दा चुनाव नै हुँने निश्चित भएको हो । करण चौधरीको पक्षमा भने टाटा, बजाज, यामाहा, होण्डा लगाएत ठूला अटोमोबाइलस् घराना करण चौधरीको पक्षमा रहेको एक व्यवसायीले बताए । करण चौधरी आज आफ्नो प्यानल धोषणा गर्दै छन । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।