मध्य भोटेकोशीले रुवायो लगानीकर्तालाई, ३ वर्षमा बिक्री गर्न सकिने शेयर ६ वर्षमा पनि बिक्री गर्न सक्ने सम्भावना देखिएन्

Jan 02, 2022 06:39 PM Merolagani

पहिलो चरणमा शेयर हात पारेका लगानीकर्ताले मध्य भोटेकोशी जलविद्युत आयोजनाको शेयर बिक्री गर्न नपाएका कारण रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । तीन वर्षअघि उक्त कम्पनीको शेयर हात पारेका लगानीकर्ताले तीन वर्ष बितिसक्दा पनि शेयर बिक्री गर्न नपाएपछि रुनु न हाँस्नुको अवस्थामा पुगेका हुन् ।

अहिलेको अवस्था हेर्दा अझै तीन वर्ष अर्थात् पहिलो चरणमा शेयर किनेको ६ वर्षमा मात्रै बिक्री सक्ने अवस्था देखिएको छ ।

चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत् कम्पनीले २०७५ कात्तिक २८ गतेदेखि पहिलो चरणको शेयर बिक्री खुला गरेको थियो । पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि अंकित मूल्य एक सय दरको १ करोड ४४ लाख कित्ता शेयर बिक्री खुला गरिएको थियो ।

जसमा कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता शेयर निष्कासन गरिएको थियो । तर, त्यसरी शेयर हात पारेका लगानीकर्ताले शेयर खरिद गरेको ३ वर्ष भन्दा बढी भएको छ । तर, उनीहरुले अहिलेसम्म उक्त शेयर बिक्री गर्न पाएका छैनन् । अझै ३ वर्ष शेयर बिक्री गर्न सक्ने सम्भावना देखिएको छैन् ।

पहिलो चरणमा खरिद गरेको ३ वर्ष नभएर सर्वसाधारणलाई शेयर जारी गरेर सुचीकृत भएकाे तीन वर्षपछि मात्र त्यस्तो शेयर बिक्री गर्न पाउने भनिएको थियो । शेयर तीन वर्षसम्म लक गर्नुपर्ने नीतिगत व्यवस्था छ । तर, कुन तीन वर्ष भन्ने कुरा भन्नेमा अहिले विवाद भइरहेको छ ।

पहिलो चरणमा शेयर निष्कासन गरेको ३ वर्ष वा सर्वसाधारणलाई शेयर जारी गरेको ३ वर्ष भन्नेमा अहिले विवाद छ । मध्य भोटेकोशीले २०७८ असोजमा मात्रै सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको छ । सर्वसाधारणलाई यस्तो आइपीओ जारी गरेको ३ वर्षपछि मात्रै पहिलो चरणमा शेयर हात पारेका कर्मचारी सञ्चय कोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले बिक्री गर्न पाउने व्यवस्था भएपछि पहिलो चरणमा शेयर हात पारेका लगानीकर्ता रुनु र हास्नुको अवस्थामा पुगेका हुन् ।

सर्वसाधारणलाई शेयर जारी गरेको तीन वर्षपछि मात्र पहिलो चरणमा शेयर हात पारेका कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले शेयर बिक्री गर्न पाउने कुरा भइरहेको मध्य भोटेकोशी आयोजनाको शेयर निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आइएमइ क्यापिल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ग्लोबल आइएमइ क्यापिटल पारसमणि ढकालले बताए । ‘सूचीकरणका लागि कम्पनीले कुरा गरिरहेको छ । सार्वजनिक निष्कासन भएको तीन बर्ष भन्ने छ त्यही कारणले रोकिएको हो,’ उनले भने, ‘पब्लिक (सर्वसाधारण) लाई शेयर जारी गरेको तीन वर्ष हुने हो । अगाडि गएकाको भएन भनिराखेको छ । कम्पनीलाई चिठी पनि लेखेर पठाएका छौं । एक पटक कम्पनीलाई सोधेर खबर गरौंला ।’

पहिलो चरणमा शेयर निष्कासन गरेको मिति २०७५ कात्तिक २८ गते भएपनि पछिल्लो चरण सर्वसाधारणलाई शेयर जारी गरेको २०७८ असोजमा मात्रै हो । उक्त पछिल्लो मितिबाट गणना गर्ने हो भने अझै करिव ३ वर्ष पहिलो चरणका लगानीकर्ताले शेयर बिक्री गर्न पाउँदैनन् । यसो भयो भने लगानीकर्तालाई ठूलो नोक्सानी पर्ने देखिन्छ ।

मध्य भोटेकोशीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो ।

आयोजनाको निर्माण ७५ प्रतिशत सकियो

मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको कम्पनीको भनाइ छ ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो ।

प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा नेपाल विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लिको १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिको १ प्रतिशत, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावर लिको १ प्रतिशत शेयर रहेको छ ।

४९ प्रतिशत सर्वसाधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको–१५ प्रतिशत) रहेका छन् ।

कम्पनीले साधारण शेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।