गरिमा विकास बैंकको लाभांश घोषणा

Jan 06, 2022 10:59 AM Merolagani

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैंकले सहारा विकास बैंकले प्राप्ति पश्चात कायम चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँको १६ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

पुस २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।