शेयर बिक्री गरेर बसेका लगानीकर्ता पुनः बजार प्रवेश गरे

Jan 15, 2022 11:09 AM Merolagani

प्रदिप केसी
साधारणतया विगतका वर्षहरुमा यो समय बजार घट्ने गरेको थियो। तर यसपटक पुस महिनामा बजारले सकारात्मक गति समायो । यो लगानीकर्ताका लागि सुखद पक्ष हो।

यसरी बजार बढेको हेर्दा जतिपनि तिर्नपर्ने ब्याजदर तिरिसकेको जस्तो बुझियो। व्यवसायीहरुले सरकारलाई तिर्न पर्ने आयकर पनि तिरसकेको जस्तो देखिन्छ। बजारमा तरलताको संकट बढिरहेको अवस्थामा पनि बजारले घट्ने सम्भावना नदेखाउदा माघ महिनामा राम्रो अकंले नै बढ्न सक्ने संकेत गरेको छ ।

बजार बढ्दै गर्दा सामान्य करेक्सन हुँदै बढ्यो भने त्यो बजार दीगाे हुन सक्छ । अहिलेको बजार खासै करेक्सन हुन खोजिरहेको छैन् । यो हप्ता पनि एक कारोबार दिन मात्र करेक्सन भयो । बजारको यो स्वरुप हेर्दा लगानीकर्ता बजार प्रति उत्साहित छन भन्ने बुझिन्छ । यो भन्दा अगाडिको उच्च विन्दु ३२ सयको नजिक शेयर बिक्री गरेर बसेका लगानीकर्ता पुनः बजार प्रवेश गरेका छन् । कारोबार रकम पनि विस्तारै बढ्दै गरेको छ । जसले गर्दा बजार फेरि घटेर तल आउने सम्भावना कम देखिन्छ ।

यसो भनि रहदा बजारमा जोखिम छैन भन्न खोजिएको होइन। अहिले पनि बजारलाई प्रभावित बनाउन सक्ने धेरै कारणहरु रहेका छन्। तत्कालको लागि सरकारले बजारलाई उत्साहित बनाउने खालको कुनै कदम चालेर बजार बढेको होइन। लगानीकर्ताको उत्साहले मात्र सुचक बढाउन सम्भव भएको हो। अर्को तर्फ माघ महिनाको लागि बैकको ब्याजदर नबढेता पनि घटेको होइन।

अहिले पनि वाणिज्य बैंकहरुले मुद्धतीमा दोहोरो अंकको ब्याजदर दिइरहेका छन्। त्यसैले गर्दा शेयर कारोबार गर्नको लागि बजारमा पैसा देखिदैन्। त्यसले गर्दा लगानीकर्ता अझै सम्हालिएर लगानी गर्नु पर्ने हुन्छ। अब बिस्तारै बैंकिङ प्रणालीमा तरलता सहज हुन सरकारी खर्चहरु बढाएर खर्चको भुक्तानी समयमा भयो भने तरलता केही सहज हुन सक्ने देखिन्छ। तरलता सहज भयो भने मात्रै बैंकहरुले कडाई गरेको मार्जिन कर्जा परिचालनमा केही खुकुलो हुन सक्नेछ ।

मौद्रिक नीति मार्फत शेयरधितो कर्जामा लगाएको ४÷१२ को क्यापको समय अवधि सकिएपछि बजारमा केही सहजीकरण होला कि भन्ने जस्तो लाग्छ ।

बजारले ४÷१२ को व्यवस्थालाई पूरै पचाई सकेको अवस्था छैन्। अहिले लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले दिएको सिमा भित्र रहेर मात्र कर्जा व्यवस्थापन गरेका छन्। बाँकी रकम असारसम्ममा पुन नविकरण गर्ने सोच उनीहरुको छ। अहिलेको अवस्थामा त्यसको प्रभाव अझै बाँकी नै छ ।

अहिले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिएको अवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको दाेस्रो समीक्षा गर्ने समय पनि नजिकिदै गरेको छ। यस्तो समयमा बजारले सकारात्मक गति समाएको छ । बजार नकारात्मक गतिमा भएको भए राष्ट्र बैंक उक्त व्यवस्थालाई परिमार्जन गर्न दवाव सिर्जना हुने थियो। यसै अवधिमा बजारमा सुधार भएको हुँदा उक्त व्यवस्था परिमार्जन हुने सम्भाना पनि अत्यान्त न्यून रहेको छ । बजार घट्न नमानेको अवस्थामा परिमार्जन हाेला जस्तो लाग्दैन्।

आगामी हप्तादेखी सूचिकृत कम्पनीहरुले छ महिनाको प्रगति विवरण सार्वजनिक गर्ने समय नजिक आएको छ। यो दोस्रो त्रैमासको विवरण केही सकारात्मक संकेत गर्ने छ। तर लगानीकर्ताले त्यसैलाई नै ढुक्कको आधार मानेर भन्दा पनि समग्र अवस्थालाई बुझेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।

कम्पनीको प्रगति मुख्य व्यवसाय मार्फत भएको छ वा अन्य आम्दानीमा जोड दिएको भन्ने कुरामा लगानीकर्ताहरु चलाख हुनु पर्छ। कम्पनीहरुको विवरणमा अहिले मात्र हाेइन  पछि पनि निरन्तर रुपमा प्रगति गर्न सक्ने वा नसक्ने सबै कुराको ख्याल गरेर लगानी गर्न उचित हुन्छ ।

शेयर बजारमा पुराना लगानीकर्ताहरु आधारभूत रुपमा बलिया कम्पनी रोजेर लगानी गर्ने गरेका छन् । तर अहिले पछिल्लो दुई वर्षको अन्तरालमा बजारमा भित्रने लगानीकर्ताहरु छिट्टो नाफा आर्जन गर्न खोजेको देखिन्छ । छिटो नाफा कमाउनको लागि कम पूँजी भएका कम्पनीहरु उनीहरुको नै रोजाईमा पर्ने गरेका छन्। त्यसले छिटो नाफा लिने सुरमा लगानीकर्ताहरुले धेरै ठूलो जोखिम मोलेका हुन्छन्। त्यसलाई न्यूनीकरण गर्नको लागि आधारभूत रुपमा बलिया कम्पनीको छनोट गरि लगानी गर्नपर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।