नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
साताको पहिलो दिन चाँदीको मूल्य ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको थियो । सो दिन चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ पुुगेको थियो ।