हिमालयन बैंकको २६% लाभांश पारित, नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरकाे प्रस्ताव अस्वीकृत

Jan 16, 2022 12:16 PM Merolagani

हिमालयन बैंकको (HBL) उनन्तीसौ वार्षिक साधारणसभाले २६% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । शुक्रबार बसेकाे उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन सहित सोहि आ. व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांशकाे प्रस्ताव पारित गरेकाे हाे ।

 

बैंकको वार्षिक साधारण सभा कोभिड—१९को बढी रहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन गरिएकाे थियाे।

यसका साथै हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबिचको मर्जर सम्बन्धी विशेष प्रस्ताब भने साधारण सभाले अस्विकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये ७५% शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५% मत नपुगेको कारण अस्वीकृत भएको छ । उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९% रहेका थिए ।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटिएम र ५००० भन्दा बढी पिओएस टर्मिनल्स संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख रूपैयाँ पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख रूपैयाँ पुगेको छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।